सभापति देउवाले मोदीलाई भेटेर यस्तो कुरा राखे

काठमाडौं । सत्तारुढ दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मगंलबार भेटवार्ता भएको छ ।

सभापति देउवाले भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका छन् । यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटका क्रममा दुवै नेताबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा आधारित भएर कुराकानी गरेको बताएको छ ।

सभापति देउवा मुख्य वक्तका रुपमा भाजपाले आयोजना गरेको ‘थिङं टयाङक’को कार्यक्रममा भाग लिन गत शुक्रबार गोवा पुगेका हुन ।

गोवामा उनले तिब्बती निर्वासित प्रधानमन्त्री लाब्साङ साङगेसँग अनौपचारिक भेटवार्ता गरेका छन् । भने भिडियोमार्र्फत तिब्बतका निर्वासित बौंद्ध धर्मका अभियन्ता दलाई लामाको प्रवचन सुनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search