साउदी अरब जाने कामदारको न्यूनतम ज्याला वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्याला वृद्धि भएको छ । कामदारको ज्यालामा ६ वर्ष पछि पुनरावलोकन गरिएको हो ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई स्वीकृत गरेको हो । यो निर्णयसँगै अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् ।

यस अघि न्यूनतम ज्याला ८०० र खाना भत्ता २०० रहेको थियो ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउने पनि मन्त्रालयले जनाएको छ ।

यस्तो छ तालिका :

saudi-salary-table1_ymn8nyMROT

saudi-salary-table2_gsij6QtP8x

saudi-salary-table3_Hk92zRSYI3

प्रतिक्रिया दिनुहोस्
X
Type to search