साफ फुटबल सेमिफाइनल संस्करणः आज नेपाल र माल्दिभ्स आम्ने साम्ने हुँदै

काठमाण्डौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपाल र माल्दिभ्स अम्ने साम्ने हुँदैछन ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजे ढाकाको बंगबन्धु रंगशालामा खेल सुरु हुनेछ । नेपालले बंगलादेशलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । तर माल्दिभ्स भने श्रीलंकासँगको टसमा भाग्यमानी बन्दै १ अंक सहित सेमिफाइलनमा पुगेको टिम हो ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबार ढाकामै भएको पत्रकार सम्मेलनमा माल्दिभ्स नेपाल भन्दा केहि बलियो देखिए पनि नेपालले हराउने बताएका छन । तर नेपालले अहिलेसम्म साफ फुटबलमा माल्दिभ्सलाई हराउन सकेको छैन ।

यी दुइ देश ६ पटक साफमा खेलेकोमा ४ खेलमा भाल्दिभ्स विजयी भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search