हुम्लामा दुई महिनामा सात जना गर्भवती महिलाको उद्धार

हुम्ला । जेठ र असार दुई महिनामा मात्र हुम्लाका दुर्गमु क्षेत्रका सात जना गर्भवती महिलाहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन देखि चार दिनसम्म गाँउमा बेथा लाग्दा पनि बर्थिङ सेन्टरको चरम अभाब भएपछि हेलिकोप्टरबाट जिल्ला अस्पताल हुँदै जिल्ला बाहिर लिनु परेको थियो ।

गत जेठ ९ गते देखि असार असार १९ गते सम्म हुम्लाका दक्षिणी क्षेत्रका गाउँपालिकाका दुर्गम वडाबाट सात जना गर्भवतीलाई ब्यथा लागेर निक्कै जटिल अवस्थामा पुगेपछी हेलिकोप्टरले उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये तिन जनाको जिल्ला अस्पतालमा सफल रुपमा सुत्केरी गराईएको र ४ जनाको को जुम्ला, सुर्खेत र नेपालगन्जमा रिफर गराईएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख रञ्जित कुमार यादवले जानकारी दिए ।

जिल्ला बाहिर रिफर गरिएका ४ जना महिला पनि सफल रुपमा सुत्केरी भएको र हेलीकप्टर उद्धारको लागी आवश्यक आर्थिक सहयोग गाउँपालिका र जिल्ला अस्पतालले गरेको बताइएको छ । गएको जेठ ९ गते खार्पुनाथ गाउँपालिका वडा न ५ कि लालपुरी कामीको पहिलो पटक हेलिकोप्टर बाट उद्धार गरीएको थियो ।

यसैगरी असार २ गते चङखेली गाउँपालीका वडा न २ मेखालकी कल्पना बुढा, असार ३ गते चङखेली गाउँपालीका कै बसन्ती शाही र असार १२ गते चङखेली गाउँपालीका वडा न ७ कि नन्द देबि एडी, असार १९ गते चङखेली गाउँपालीका वडा न १ कि सम्जना शाही भण्डारी र त्यसैगरी ताजाकोट गाउँपालीका कि जुन कला रोकाया र चङखेली गाउँपालीका वडा न २ कि नन्दपुरी कामी को उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

उद्धार गरिएकी सातै जना महिलाको ३० वर्ष तलकै रहेको बताईएको छ । पछिल्लो समय हुम्लाका दुर्गुम क्षेत्रका सुत्केरी व्यथा लाग्ने महिलाको अवस्था जटिल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search