२१ वर्षीय अर्चना बनिन प्रदेश २ को कान्छी उपमेयर

काठमाडौँ । चौधरी दुई नम्बर प्रदेशमा अहिलेसम्मकै कान्छी उपमेयर बनेकी छन्। नेपाली कांग्रेसका तर्फबाट पर्साको पर्सागढी नगरपालिकाबाट उनी उपमेयरमा विजयी भएकी हुन्। २१ वर्ष ९ महिना १ दिनकी यी अर्चनाले प्रतिद्वन्द्वीलाई ९१२ मतको फराकिलो अन्तरले हराउँदै उपमेयरमा विजयी बनेकी हुन्।

उनले ४५६९ मत प्राप्त गरिन भने उनका निकटम् प्रतिस्पर्धी एमालेकी कालीदेवी थरुनीले ३६५० मत प्राप्त गरेकी छन्।कलिलो उम्मेरमै गहन जिम्मेवारी बहन गर्न थालेकी चौधरी अहिले हरिखेतान बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन्।

आफूलाई पहलिेदेखि नै राजनीतिमा रुची रहेको बताउने चौधरी कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी हुन्।पारिवारिक पृष्ठभूमि पनि राजनीतिक खालको भएका कारण कांग्रेसले उनलाई उपमेयरको उम्मेदवार बनाएको थियो। ‘विजयी भएपछि खुसी लागे पनि जिम्मवारी थपिएको महसुस भएको छ’, उनले भनिन्, ‘यो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर पूरा गर्ने दिशामा लाग्नेछु।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search