२५ हजार घुस सहित लेखापाल पक्राउ

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ गरेको छ ।  लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गरेपछिको भुक्तानीका क्रममा घुस मागेको अभियोग लागेको छ । अभियुक्त दाहाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । यस्तै आयोगले सोमबारै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search