३३ किलो सुन प्रकरणः डिएसपी राउतलाई थुनामै राख्न अदालतको आदेश

काठमाण्डौं । सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्दाको कारवाही अघि बढाउने जिल्ला अदालत मोरङको आदेशलाई उच्च अदालत विराटनगरले पनि सदर गरेको छ ।

उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले बिहीबार राउतलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।

जिल्लाको आदेशविरुद्ध परेका २० वटा निवेदन समय अभावका कारण हेर्दा हेर्दैमा राखिएको छ भने ४ वटा निवेदन प्रतिवादी कानुन ब्यावसायीहरुले नै सारेको उच्च अदालत विराटनगरका सूचना अधिकारीले जानकारी दिएका छन ।

राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत थिए । राउतले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा तस्करीको सुन कटाए बापत चुडामणि उप्रेती गोरेबाट १२ लाख रुपैयाँ लिएको भेटिएको छ । राउतले भने अदालतमा आफु घटनामा संलग्न नरहेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search