२ प्रतिसत मुल्य घटाउने निगमको तयारी

काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपछि  नेपाल आयल निगमले दुई प्रतिशत मूल्य घटाउने तयारी गरेको छ । विभिन्न राजनीतिक दलका भात्रृ संगठनले निरन्तर दवाव दिएपछि निगमले अन्तराष्ट्रिय मुल्य समायोजन गर्ने भएको छ ।  निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यसूची अनुसार यस पटक धेरै अन्तरमा मूल्य घटाउने तयारी गरेको छ ।
ुहामीले यसपटक दुई प्रतिशत भन्दा धेरैले मूल्य समायोजन गर्ने तयारी गरेका छौं, निगम स्रोतले भन्यो, दुई प्रतिशत भन्दा धेरै मूल्य घटबढ गर्दा कार्यविधि संशोधन गर्नुपर्ने भएकाले समायोजनमा ढिलाई भएको छ।’
निगमले यसपटक पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य ठुलो अन्तरमा समायोजन गर्ने तयारी गरेको छ। यसपाली पहिले भन्दा अलि धेरै नै घटबढ हुन्छ, निगम स्रोतले भन्यो, ुयसपटक ग्यास बाहेक अन्य पदार्थको मूल्य समायोजन हुन्छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice