८ माघमा संविधान जारी नहुने तीन दलको निष्कर्ष, मिति सार्न कसरत

c4d11ae9e3a228d45a67a8c6e61b5435काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि शीर्ष दल संविधान जारी गर्ने मिति सार्ने मनस्थितिमा पुगेका छन् । झन्डै एक वर्षअघि ८ माघमा संविधान जारी गर्ने दलहरुले सामूहिक प्रतिबद्धता जनाएका थिए । ८ माघमा संविधान जारी गर्न नसकिने निष्कर्ष निकाल्दै दलहरुले मिति सार्न कसरत सुरु गरेका छन् ।

0000
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र एमाओवादी मिति सार्न पक्षमा देखिएका छन् भने एमाले ८ माघमै संविधान जारी गर्नुपर्ने पक्षमा उभिएको छ । सोमबार बसको शीर्ष तीन दलको बैठकमा प्रतिपक्ष दलका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति सार्न प्रस्ताव गरेका छन् । ‘तर, उहाँको प्रस्तावमा छलफल भने हुन सकेन एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘कांग्रेस र एमाओवादी मिति सार्न पक्षमा देखिए तर हामी ८ माघमै जनतालाई संविधान दिनुपर्छ भन्ने पक्षमा छौँ ।’
संविधानका विवादित विषयमा छलफल गर्न संविधानसभाले फेरि संवाद समितिमा पठाएपछि एमाओवादीले मिति सार्ने प्रस्ताव गरेको छ । ‘थोरै समयका लागि मिति सारौँ भन्ने प्रचण्डजीको प्रस्ताव थियो,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘त्यसमा आज धेरै छलफल भएन, हामी पनि मिति सार्न हँदैन भन्ने पक्षमै छौँ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice