कांग्रेसको महाधिवेशन मिति तोकिँदै

विराटनगर । नेपाली कांग्रेसका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले पार्टीको आगामी महाधिवेशनको मिति बुधबार टुंगो लाग्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा निधिले सञ्चारकर्मीसँग बुधबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति टुंगो लगाउने बताएका हुन् ।
‘बुधबारको बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गर्नेछ,’ उनले भने । उनले विपक्षी मोर्चालाई सहमतिमै ल्याएर संविधान जारी हुने पनि बताए । सडकबाट संविधान नबन्ने भएकाले विपक्षी मोर्चा संविधानसभामा फर्कनुपर्ने उनको भनाइ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice