बाबुरामले भने : दूतावासको मदिरा सेवन गर्न टाउको टेकेर जानेसँग के राष्ट्रियताको कुरा गर्नु

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफु भारत भ्रमणमा रहेका बेला नेपालमा आफ्नाबिरुद्ध भएका प्रचारप्रति कडा आपत्ती जनाएका छन् ।  नेपाली राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्न भट्टराईले भारतीय नेताहरुसँग आग्रह गरेको भन्दै बैद्य नेतृत्वको माओवादी लगाएतका दलले भट्टराईको आचोचना गरेका थिए । तर भट्टराईले आज आफ्नो समाजिक सञ्चाल फेसबुकबाट उक्त आलोचनाको कडारुपमा खण्डन गरेका छन् ।
‘भित्रभित्रै विदेशीको गुलामी गर्ने, विदेशी दूतावासको एउटा डेस्क अफिसरले मदिरापानको निम्तो दिँदा टाउकोले टकेर हामफाल्दै जाने र निजी स्वार्थका लागि राष्ट्रिय हितको तिलांजली दिनेहरुको पाखण्डी चरित्रबारे कुनै थप टिप्पणी आवश्यक छैन’ भट्टराइले लेखेका छन् ‘ मलाई राष्ट्रबिरोधीका रुपमा चित्रण गर्नु समग्र क्रान्तिकारी परिवर्तनको प्रक्रियामाथि नै बंचरो प्रहार गर्नु हो । केही आलाकाँचा क्रान्तिकारी साथीहरु भूलवश वहकिनु वेग्लै कुरा हो।’

भट्टराइले आफ्नो समाजिक सञ्जालमा यसरी आक्रोस पोखेका छन् : 
राष्ट्रियता जस्तो अत्यन्त संवेदनशील र गहन महत्वको विषयमा केही वृत्तबाट ज्यादै गैरजिम्मेवार, तथ्यहीन र दुराशयपूर्ण टीकाटिप्पणी र दुष्प्रचार हुनु निकै आपत्तिजनक र दुःखद विषय भएको छ।
संचार माध्यममा निकै सक्रिय देखिएका त्यस्ता टीप्पणिकर्ताहरु  वा प्रयोजित दुष्प्रचारकहरुरु मध्ये अधिकांशतः पुरानो सत्ताका पक्षधरहरु र गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेसी समानुपातिक लोकतन्त्रका विरोधीहरु देखिनुले उनीहरुको राष्ट्रियता को गोहीको आँसुको वास्तविक मर्म अग्रगामी परिवर्तनकारी शक्तिरव्यक्तिहरुको मानमर्दनरचरित्रहत्या गरेर समग्र क्रान्तिकारी परिवर्तनको प्रक्रियामाथि नै बंचरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ। केही आलाकाँचा क्रान्तिकारी साथीहरु भूलवश वहकिनु वेग्लै कुरा हो।
हिजो पंचायती निरंकुशतावादीहरुले बहुदलवादी र वामपन्थी क्रान्तिकारीहरुलाई अराष्ट्रिय९तत्वु र विदेशमा पानी पर्दा नेपालमा छाता ओढ्नेु भनेर दुत्कार्ने गरेको हामी सबैले पक्कै बिर्सेका छैनौं।त्यसैको धंगधंगी अहिले देखिनु कुनै अनौठो होइन।
भित्रभित्र विदेशीको गुलामी गर्ने, विदेशी दूतावासको एउटा डेस्क अफिसरले मदिरापानको निम्तो दिंदा टाउकाले टेकेर हाम्फाल्दै जाने र निजी स्वार्थकालागि राष्ट्रिय हित तिलांजली दिनेहरुको पाखण्डी चरित्रवारे कुनै थप टिप्पणी आवश्यकै छैन।
त्यसैले राष्ट्रियतालाई हेर्ने दुइ भिन्न दृष्टिकोण हुन्छन् भन्ने कुरा ख्याल गरौं१ प्रतिगामी यथास्थितिवादी शक्तिहरुले खालि भौगोलिक राष्ट्रियता को मात्र कुरा गरेर जनतामाथि विभेदपूर्णरशोषणयुक्त सत्ता कायम गर्ने प्रयत्न गर्छन् भने अग्रगामी क्रान्तिकारी शक्तिहरुले भूगोलंजनता सहितको प्रगतिशील राष्ट्रवादु को पक्षपोषण गर्दै जनतालाई सार्वभौम र समृद्ध बनाएर सच्चा राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन्।
नेपालको पछिल्लो अग्रगामी क्रान्तिकारी शक्ति एमाओवादी सुगौली सन्धीदेखिको राष्ट्रियतामाथिको घाउको दीर्घकालीन उपचार गरेर स्वाधीन,सार्वभौम र समृद्ध नयाँ नेपाल निर्माण गर्न प्रतिबद्ध छ। कोही कुनै भ्रममा नपरौं।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice