हात हेर्ने माताले फेरी बनाइन हिमानीलाई निरास, पारससँग नवसेकै राम्रो

काठमाडौं, ।  पूर्वयुवराज्ञी हिमानी आफ्ना पति पारससँग किन यत्तिका समयदेखि अलग छिन् ? आम जिज्ञासाको विषय बनिरहेको छ यो । एक साताअघि निर्मल निवासमा बोलाइएकी २३ वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहोर्याइन्, ‘सरकारहरु साथमा नभएकै राम्रो । अर्थात्, ज्योतिषीय सिद्दान्त अनुसार उनीहरुबीच ग्रह नमिल्नेमात्र होइन,सँगै बस्दा ठूलै अनिष्टटको खतराका कारण पारस–हिमानी अलग्गिनु सुखद हुने ठम्याइन्, माता सविता (सरु) आचार्यले ।
धनकुटाकी स्थानीयबासी कुमारी माताले यसअघि ससुराको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा उनैले हो पहिला सुनाएको छ । र,अहिले हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैं योगफल देखिएको छ । पति पारसका कारण दिक्दार भएपछि हिमानी आफैंले स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई कुमारी मातालाई सम्पर्क गरेकी हुन् । भेटका बेला हिमानीले परिवारको भन्दा पनि देशको चिन्ता गरिन् । सोधिन्, ‘देश कसले बनाउँछ कहिले शान्ति होला ?’ माताले देशको अवस्था साह्रै रहेको बताइन् । हिमानीको ग्रहमा राजयोग देखियो । जनआस्था साप्ताहिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice