पत्नीले खोज्दा अमेरिकी प्रमाण ?

काठमाडौ । तीन वर्षअघि सर्वोच्च अदालतको फुल बेन्चले भनेको थियो, ‘अरू देशको कानुन र आदेशले के भनेको छ भनेर नेपाली नागरिकका सन्दर्भमा यहीँको अदालतमा परेको मुद्दामा खोजिरहनु जरुरी भएन…’ र, यही चैत ३ गते जिल्ला अदालतले अमेरिका बस्ने एक दम्पतीको मुद्दामा भनेको छ, ‘वादी र प्रतिवादी अमेरिकन नागरिक भइसके ।’ बबिता सिटौलाले कौशलप्रताप राणा नामका पतिसँग सम्बन्धविच्छेद मागेकी छन्, ललितपुर जिल्ला अदालतबाट । उनीहरू दुवै नेपाली नागरिक हुन् । तर, मोहनराज भट्टराईको इजलासले सर्वोच्चद्वारा प्रतिपादित सिद्धान्त पढेनन् वा मानेनन्, फैसला गरे उल्टो । बबिताका पतिले अदालतमा लगाएको प्रत्युत्तरमा आफूहरू अमेरिकी नागरिकताप्राप्त व्यक्ति भएको दाबी गरे । र, यही मुद्दा उता पनि चलिरहेको छ भने । जिल्ला अदालत भन्छ, ‘अमेरिकामा उनीहरूको मुद्दा चलेको हो÷होइन, उनीहरू त्यहाँका नागरिक हुन्÷होइनन् भन्ने बुझ्नुपर्छ ।’ यस प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत सोध्न आदेश दिइएको छ । थाहा छैन, सम्बन्धविच्छेदजस्तो अति मामुली मामिलामा परराष्ट्रले यति धेरै टाउको दुखाउला÷नदुखाउला ? तर, नेपालका अधिकारप्राप्त अधिकारीबाट जारी भएको नागरिकताको प्रमाणपत्र राखेर कसैले अदालतमा मुद्दा दायर गरे भने दोहोरो नागरिकता बर्जित भएको नेपालजस्तो मुलुकमा त्यो नागरिक अरू देशको नागरिक हो कि होइन भनेर फैसला रोक्न नपाइने कानुनविद् बताउँछन् । अधिवक्ता नवराज थपलियाको तर्क छ, ‘कि त नागरिकता त्यागेको हुनुप¥यो, कि अमेरिकाकै नागरिक हुन् भने अदालतले तिनको नेपाली नागरिकता खारेज गर्नुपर्छ ।’ बबिताको दाबी छ, ‘नेपाली नागरिकताका आधारमा उनका पतिको सम्पत्ति यहाँ सुरक्षित छ । हक–भोग गर्दा त्यही नागरिकताका आधारमा गर्न पाइने, श्रीमतीसँग सम्बन्धविच्छेद र अंश चलनको कुरा आएपछि उताको नागरिकता देखाएर अड्काउने ?’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice