ह्यजको सम्झनामा आयोजित खेलमा रातोले दियो १६४ रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यजप्रतिको सम्झना काठमाडौमा भइरहेको क्रिकेटमा रातो टिमले १६४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको रातो समुहले जितका लागि निलो समुहलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
निर्धारित  ३३.३ ओभरको खेलमा ९ विकेट गुमाउँदै मध्यक्रमको लक्ष्य प्रस्तुत गरेको छ । रातो टिमका लागि शरद भेषावकरले ५२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।
टिम रातोको कप्तानी रायन कार्टरले गरेका छन् भने निलोको कप्तानी विनोद दासले गरेका छन् । यही खेलबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिन लागेका विनोद दास पहिलो इनिङ समाप्तीको क्रममा निकै भावुक बनेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice