
काठमाडौै । ‘भोली आइतवार छोरीको भर्ना गर्नुछ, तिमी कपडा धोएर तयार गर्नु,’ श्रीमती आशा सापकोटालाई यस्तो प्रेममय शब्द बोलेर शनिवार विहान ९ बजे सन्तराम सापकोटा काठमाडौंको असन पुगे । असनमा पसल थियो । पसलमा सामान मिलाउँदै गर्दा एकाएक शरिर काँप्यो, एकैछिनमा पसल । उनी भागेर सुरक्षित ठाउँ पुगे । भुकम्पको कम्पन कम भएपछि उनी पुनः पसलमा पुगे र श्रीमती आशालाई फोन लगाए । सम्र्पक हुन सकेन । ‘त्यही घरमा बस्ने अन्य दुई जनाको मोवाईमा फोन हाँने तर पनि सम्र्पक हुन सकेन,’ उनले भने ‘त्यसपछि ग्राउण्ड फ्लोरमा मिठाई पसल थियो, उनको ल्याण्ड नम्वरमा फोन घुमाएँ त्यो पनि लागेन ।’
परिवार र एउटै घरमा बस्ने छिमेकीको फोन नलागेपछि हत्यारिदै डल्लु स्थिति डेराको घरमा पुगे । घर पुग्नसाथ सापकोटाको सातो गयो । पाँच तलाको घर पूर्णरुपमा जमिनमा मिलिसकेको थियो । भर भत्केको ५० घण्टासम्म पनि च्यापिएका ब्यक्तिको उद्धार हुन नसकेपछि आँखाबाट आँशुको झरी बर्षाेउँदै भने ‘सर छिटो गरिदिनुस यहाँ मेरी छोरी र श्रीमती छन् ।’
डल्लुको उक्त घर घटना घटेको ५० घण्टापछि नेपाली सेना र भारतीय सेनाको टोलीले उद्धार कार्य सुरु गरेको छ । जहाँ कम्तिमा ५० जना मानिस च्यापिएको हुनसक्ने आशंका गरिएको छ ।
शनिवार गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८०० पुगेको छ । भने ७ हजार ब्यक्ति घाइते भएका छन् । काठमाडौं, ९१३ धार्दिड, २९९ भक्तपुर,२३४ सिन्धुपाल्चोक, ९४४ गोर्खा, २५० नुवाकोट, ४२२ मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
त्यसैगरी भक्तपुरका अस्पतालमा उपचार गराउन घाइतेहरुलाई समस्या परेपछि निजी कारबाट शिवसेनाले टिचिड अस्पतालमा पुरयाएको छ । टिचिड, वीर लगाएतका सवै अस्पतालमा रहेका बिरामीलाई शिवसेना नेपाल र अभिनेत्री सरिता लामिछानेले खाना खुवाएका छन् ।