मंगलबारको शक्तिशाली भूकम्पले २० जनाको मृत्यु, करिव ८ सय घाइते

काठमाडौं । मंगलवार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । दिउसो १२ बजेर ५४ मिनेटमा गएको ७.३ रेक्टर स्केलको भूकम्मा परी दोलखामा सवैभन्दा बढि मानवीय क्षति भएको छ । दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी दोलखामा मात्र १० जनाको ज्यान गएको छ ।
त्यसैगरी पहिलो भूकम्पबाट धेरै जनधनको क्षति भएको सिन्धुपाल्चोकमा आज गएको भूकम्पमा पनि ५ जनाले ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौंमा पनि ५ जनाले ज्यान गुमाएका छन् ।
पूर्वदेखि पश्चिमसम्म धक्का दिएको भूकम्पमा परी १४०० भन्दा धेरै ब्यक्ति घाइते भएका छन् । भूकम्पका कारण त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल तीन घण्टाका लागि बन्द गरिएको थियो ।
भूकम्पका कारण धेरै ठाउँमा पहिरो गएको अनुमान गरिएको छ । दोलखा सिन्धुपाल्चोक, तनहुँमा पहिरो गएको छ । तनहुँको भालूलेखमा पहिरो जाँदा एक निजी कार पुरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice