सिन्धुपाल्चोक केन्द्र रहेको ४.५ म्याग्नेच्युटको धक्का

काठमाडौं, १३ जेठ । सिन्धुपाल्चोक जिल्ला केन्द्रविन्दू रहेको ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्पको पराकम्पन गएको छ ।

दिउँसो एक बजेर १५ मिनटमा सिन्धुपाल्चोक केन्द्र भएको पराकम्पनको धक्का राजधानीमा पनि महशुस गरिएको थियो ।

यसअघि मध्यान्ह १२ बजेर २ मिनटमा दोलखा केन्द्रविन्दू रहेको ४ दशमलव २ म्याग्नेच्युटका भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको ठूलो भूकम्पपछि पराकम्पन जाने क्रम जारी छ । केन्द्रको तथ्याङ्कअनुसार चार म्याग्नेच्युटभन्दा माथिका पराकम्पनहरू दैनिक कम्तिमा तीन वटासम्म जाने गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice