मोदीले आकस्मिक आफ्ना नेपाली राजदुतलाई दिल्ली बोलाए

काठमाडौं, ४ भदौ । नयाँ संविधानमा मधेसीका माग सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना राजदुतलाई आकस्मिकरुपमा भारत बोलाएका छन् । नेपालका लागि भारतीय राजदुत रंजित रेलाई नेपालमा संविधान जारी भएको भोलीपल्टै स्वदेश बोलाएको छ ।
मधेसीका माग सम्बोधन नभएसम्म संविधान जारी नगर्न नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई भारतले निरन्तर दवाव दिँदै आएको थियो । भारतको दवाव हुँदा हुँदै सोमबार नेपालको संविधान २०७२ जारी भयो । संविधान जारी भएको दोस्रो दिन आज भारतीय राजदुत रे स्वदेश फर्केका छन् ।
नयाँ संविधान जारी भएपछिको अवस्थाबारे ब्रिफिङ गर्न राजदुत रे आज दिल्ली प्रस्थान गरेका छन् । राजदुत रे दिल्ली प्रस्थान गर्नुअघि आइतवार राति भारतीय विदेश मन्त्रालयले बिज्ञप्ती जारी गरी नेपालको नयाँ संविधानप्रति असन्तुष्टी जनाएको थियो ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसीका माग सम्बोधन गराउन आफ्ना विशेष दुत नेपाल पठाएका थिए । मधेसी दललाई समेटेर मात्र संविधामन जारी गर्नु पर्ने भारतीय विदेश सचिव एस.जयशंकरको प्रस्तावलाई नेपालका शिर्ष दलले अस्वीकार गर्दै संविधान जारी गरेँ ।
संविधान जारी भएपछि भारत थप रुष्ट बनेको छ । उसले आफ्नो नेपाल सम्बन्धी थप रणनीति बनाउन राजदुत रेलाई भारत बोलाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice