साउदीको मक्कामा भागदौड हुदाँ ३ सय १० तीर्थालुको मृत्यु

काठमाडौं, ७ असोज । इस्लाम धर्मालम्बीहरुको पबित्र धार्मिक स्थल मक्काको मिनामा हज गर्न गएका तिर्थालुको भागाभाग हुँदा ३ सय १० जनाको मृत्यु भएको छ । बिबिसीले दिएको जानकारी अनुसार ४ सय ५० जना भन्दा बढि तिर्थालु घाइते भएका छन् ।
हजयात्राको अन्तिम दिनमा हुने प्रमूख धार्मिक कार्यक्रममा सहभागी २० औं लाख तीर्थयात्रीका विचमा भागदौड भएका हो । हजयात्राका क्रममा यस्ता दुर्घटना पटक पटक दोहोरिए पनि विहिवारको घटना के कारणले भएको हो ? खुल्न सकेको छैन ।
साउदीको रक्षा मन्त्रालयले घटनास्थलमा ४ हजारको संख्यामा सेना परिचालन गरेको र २ सय २० जना आपतकालीन उद्धार टोली खटाएको बताएको छ । घाइतेको नजिकै रहेको अस्पतालमा उपचार भइरहेको पनि रक्षा मन्त्रालयले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice