ओली भन्छन्— अव बहुमतिय प्रकृयाबाट प्रधानमन्त्री चयन हुन्छ

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको प्रधानमन्त्री बहुमतिय आधारमा चयन हुने ठोकुवा गरेका छन् । सहमतिय सरकार गठन हुन नदिने प्रयासहरु तिब्र भएका कारणले अब बहुमतिय प्रणालीमा जानुपर्ने ओलीको धारणा छ ।

राजधानीमा युवा संघको केन्द्रिय कमिटीको बैठकलाई उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले नेपालीहरुले आफ्नो संविधान आफैँ बनाएको हेर्न नचाहने शक्तिले मुलुकमा सहमतिको वातावरण बिथोलेको आरोप लगाए । दलहरुबीचको सहमति अनुसार असोजको २४ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने ओलीको भनाइ रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice