दशै तिहारको उपहार ‘मेरो ब्यथा–२’

काठमाडौं, १९ असोज । नेपालका चर्चित गायक गायिकाको समधुर स्वरमा सजिएको ‘मेरो ब्यथा–२’ एल्बम छिट्टै बजारमा आउने भएको छ । सदावहार गितबाट ‘मेरो ब्यथा–२’ नेपालीहरुको महान चार्ड दशै र तिहारलाई लक्षित गरी बजारमा ल्याउन लागिएको कामना डिजिटल प्रालिले जनाएको छ । ‘मेरो ब्यथा–२’ मा संगित ढुण्डीराज ढकालले दिएका छन् भने शब्द ढुण्डीराज ढकाल र पुरन निर्दाेको रहेको छ ।
नेपालका वरिष्ठ गायकहरु प्रमोद खरेल, अञ्जु पन्त, हेमन्त शर्मा लगाएतको समधुर स्वर रहेको ‘मेरो ब्यथा–२’ दशै तिहारको उपहार स्वरुप ल्याउन लागिएको छ । राज काफ्लेद्धारा निर्देशन गरिएको यस एल्वममा दिक्षा कुँवर, शिर्जन पोखरेल, र सुरज काफ्लेले मोडलिङ नृत्य दिएका छन् ।
दशै र तिहारलाई लक्षित गरी विभिन्न एल्बमहरु यतिबेला बजारमा आउने गर्दछन् । तर यो एल्बमले छुट्टै पहिचान र मनोरञ्जन दिने निर्देशक काफ्ले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice