नाकाबन्दीबिरुद्ध नेताहरुको लगातार हमला, भारतीय दुतावास हैरानीमा

काठमाडौं, २२ कार्तिक । भारतीय नाकाबन्दीबिरुद्ध नबोले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विनाबिभागिय मन्त्री सत्यनारायण मण्डलसम्म र एमाले नेता माधव नेपालदेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मको भाषण सकिँदैन । सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले निरन्तर भारतको रवैया प्रति आक्रोस पोख्न थालेपछि लैनचौरस्थित भारतीय दुतावास हैरानीमा परेको छ ।
नेताहरुको भनाईलाई खण्डन गर्न र भारत सरकारको गलत कदमलाई छुपाउन भारतीय दुतावासले दैनिक बिज्ञप्ती निकाल्न थालेको छ । दैनिक सार्वजनिक कार्यक्रममा बोल्ने मन्त्रीदेखि नेतासम्मले भारतबिरुद्ध बोल्न थालेपछि बचाउ गर्न भारतीय दुतावासले दैनिक बिज्ञप्ती निकाल्न थालेको हो ।
भारतले नेपालमा विना बर्दीका सेना पठाएको आरोप सवैभन्दा पहिले विनाबिभागीय मन्त्री सत्यनारायण मण्डलले लगाए । त्यो लगतै उपप्रधानमन्त्री चित्रबहादुर केसी र सीपी मैनालीले नेपालको तराई भागलाई भारतमा मिलाउने खेल भारतले खेलेको आरोप लगाए । त्यसको केही समयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा बालुवाटारमै भारतीयले करोडौ रकम बाँडेको आरोप लगाए ।
ओलीपछि एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय दादागिरीबिरुद्ध कुनैपनि हालतमा नझुक्ने अर्काे हमला सुरु गरे । दाहालपछि एमाले नेता माधव नेपालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए ।
नेताहरुले एकपछि अर्काे गर्दै भारतलाई निशाना बनाउ थालेपछि भारतीय दुतावास हैरानीमा परेको हो । नेताको घरदैलोमा पुगेर भारतको गलत कदमलाई सुरक्षाकवज दिन राजदुत रंजित रायले प्रयास थालेका थिए । तर कसैले पनि भारतको गलत कदमलाई साथ नदिने संकेत गरेपछि बिज्ञप्तीमा समिति भएको छ ।
सत्यनारायण मण्डलदेखि सीपी मैनाली, चित्रबहादुर केसीसम्मको भनाईलाई भारतीय दुतावासले खण्डन गर्ने कोसिल ग¥यो । तरपनि नेताहरुको हमला शान्त भएको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice