‘अहिले खिल्ली नउडाउनुस्, पर्खिनुहोस १२ महिनामै लोडसेडिङ अन्त्य गर्छु’

काठमाडौ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने सरकारी प्रतिवद्धता फेरी जाहेर गरेका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो लोडसेडिङ अन्त्य गर्ने योजनामा साथ दिन आम नेपाली नागरिकलाई आग्रह पनि गरेका छन् ।

‘मैले एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा धेरैले ठट्टाका रुपमा लिए’, ओलीले भने ‘पर्खिनुहोस एक बर्ष भनेको १२ महिना त हो । लोडसेडिङ अन्त्य गरेर देखाउछु ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीका कारण देशले संकट ब्यहोरेको बताए । तर संकटका निवारणका नाममा देशलाई भविश्यसम्म घाटा हुने कुनै पनि कार्य नगर्ने सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । उनले केही समयपछि इन्धन अभाव पनि पूर्ति हुने दावी समेत गरे ।
तीन महिना लामो आन्दोलन गरिरहेका मधेसबादी दललाई वार्तामा आउन ओलीले पुन आग्रह पनि गरेका छन् । ‘सरकार सवै नागरिकका जायज माग सुन्न र पुरा गर्न तत्पर छ, तर मागका नाममा माग भने पुरा नहुँन सक्छन् ।’ उनले जायज माग लिएर वार्तामा आउन मधेसबादी दललाई आग्रह पनि गरे ।
सरकारबिरुद्ध भारत र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कदम चालिरहेका बेला ओलीले भने बरु आफु सरकारबाट बाहिर बस्ने तर नेपाली जनताको भावना चोट पुग्ने गरी कसैसँग सम्झौता नगर्ने बताए ।

5 Comments
  1. हैन KP वली को नेतृत्वमा पुरै दुइ बर्ष नै शासन सत्ता टिक्ने भए त भनेको कुराको एक चौथाई सम्म त लाज गालले पनि केहि हुन्छ कि भन्नु … बाबुराम/ प्रचण्ड जस्ता धुर्त खेलाडीहरु बाहिर बसेर महान भारतको आडमा कुन बेला कांग्रेस र मधेसवादी दलसंग समीकरण गर्दै पुनः कहिलै उठ्न नसक्ने गरि ढाल्ने हुन् पत्तो छैन … ठुला ठुला भाषण गरेर मात्रै देशको बिकाश र लोड सेडिंग मुक्त नेपाल हुने भए देशको यो दुर्गति कदापि हुदैनथ्यो l … आशा गरौ खिल्ली नउडोस् !

  2. If you will make the country free from loadshedding, you will be real hero. Yo sajilo kaam chahin haina. Ke gari loadshedding mukta banaune ho yojana pani bhannu bhayena. Kasari patyaune janatale?
    Yasto pahila pani lahadi netaharu le bhandai aayekai hun. Bhandaima mukh ko bau ko kehi jane haina kyara! Agami 3 barsa ma kamti ma 10 wata majhaula jalbidyut yojana sampanna garne daro yojana banako bhaye patyaunthe ki? Je hos, shubhakamana PM jyu laai! Safal hunuhos Nepali janatalaai faida hune kuro.

  3. प्रधानमंत्री ज्यू को अठोटको यथेष्ट कदर गर्दै वहाको “१ बर्श भित्र लोड ेडिड्ग अन्त्य गर्छु” भन्ने अभिब्यक्ति भित्र नेपालमा जाडोको बेलाको बिद्युत उत्पादन श्यमता, hourly माग, यी दुई बिचको भिन्नता र माग पूर्तीकालागि अावश्यक उत्पादन श्यमता र पूर्तीको श्रोत को बारेमा पूर्ण जानकारि प्राप्त गरी अड्कमा उत्तर दिनहुन अनुरोध छ ।

  4. Imandari sang kam garnu hos, tests des khana palkekale je pani vanne ra garne gar6n tesko wasta nagari agadi badhnuhos, suvakamana

  5. भवानी बराल

    केपी ओलीले, ‘एक वर्षमा लोड सेडिङ् हटाउँछु’ भनेको कुरा पत्रकारले अनुवाद नगरी नेपाली भाकामा जस्ताको तस्तै छापेछन् । त्यहि भएर सबैमा भ्रम हुन गयो । वास्तवमा उनले पाल्सी भाषामा ‘एक वर्षमा लोड सेडिङ् हटाउँछु’ भनेका थिए । तर पत्रकारले तेस्तो भाषाको ज्ञान नभएकोले नेपाली मै बोले होलान भनेर जस्ताको तस्तै छापे । तेही भएर गल्ती भयो । वास्तवमा ‘एक वर्षमा लोड सेडिङ् हटाउँछु’ पाल्सी भाषाको यो वाक्य नेपालीमा अनुवाद गर्दा ‘एक वर्षसम्म त मै रहँदिन जे सुकै होस’ भन्ने अर्थ लाग्छ । अनुवाद गर्न नआउँदा यस्तो महाभूल हुन गयो ।

    एक पटकको कुरा हो । नेपालमा नम्बर वान नाम चलेको टीभी च्यानलको अंग्रेजी समाचार वाचकले नेपाली भाषाको नामलाइ ‘लाहुरे अंग्रेजी’मा अनुवाद गर्दा तेस्तै उल्टो अर्थ लागेको थियो । कुरा के भने स्व‍ सूर्यबहादुर थापाले नेत्रित्व गरेको नेपाल जनशक्ति पार्टीको समाचार अंग्रेजीमा भन्नु पर्ने रहेछ । उसले पार्टीको नाम पनि अंग्रेजीमा उल्था गरेर भन्ने ‘डेड अक्कली’ बुद्धि झिकेछ । तब त के थियो उसले जनशक्ति पार्टीलाइ अंग्रेजीमा ‘नेपाल मेन पावर पार्टी’ (Nepal Man Power Party) भनी पठाएछ । यो भाको सत्य घटना हो । त्यो टिभी च्यानल र भन्ने बाचकको नाम कुनै सन्दर्भमा अाउला ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice