प्रम ओलीले भने : ए त्यसो गरे समस्या समाधान हुन्छ त पौडेलजी ?

प्रधानमन्त्री ओलीः हामी मधेस केन्द्रीत दलका माग सुन्न र न्यायिक माग सम्बोधन गर्न तयार छौ । उनीहरु माग सम्बोधन भन्दा आन्दोलनलाई जोड दिइरहेका छन् । यसको समाधान के हुन सक्छ ?
पौडेल : मधेस केन्द्रीत दलको समस्या समाधान गर्न कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई अघि बढाउनु पर्दछ, प्रधानमन्त्रीज्यू ।
ओलीः ए त्यसो गरे उनीहरुको माग पुरा हुन्छ, समस्या सामधान गर्ने बाटो यही हो ?
यो संवाद हो प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा मधेस केन्द्रीत दलको आन्दोलनका बिषयमा छलफल गर्न बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थाका बारेमा व्रिफिड गरेपछि कांग्रेस उपसभापति पौडेलले संविधान संशोधन प्रस्ताव अघि बढाउन सल्लाह दिएका थिए ।
पौडेलको सल्लाहलाई हल्कारुपमा लिँदै ओलीले त्यसो गर्दा समस्या सामधान हुन्छ भनी प्रश्न गरेका थिए । ओलीले हल्कारुपमा जवाफ दिँदा उपस्थित सवै दलका नेताहरु हाँसेका थिए ।
बैठकले मधेस केन्द्रीत दलको आन्दोलनलाई सम्वोधन गर्न सवै दलहरुले छलफलमा तिव्रता दिने निर्णय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice