साइकलमन्त्रीको महँगा गाडीमा आँखा !

काठमाडौं, २० पुस ।  जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान आफूलाइ साइकल मैत्री सावित गर्न आक्कलझुक्कल साइलकमै मन्त्रालय, संसद र औपचारिक कार्यक्रममा देखिन्छन्।
आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै कसरत गरेपनि वास्तविकता अर्कै छ। प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्डलाई समेत वातावरणमैत्री अभियान भन्दै साइकल दिएर चर्चा कमाउन खोजेका पासवानका आँखा मन्त्रालय मातहतका विभाग, आयोजना, परयोजनका राम्रा, महँगा र सुविधायुक्त गाडीमा गाँडेका छन्।
मन्त्रालयमा दुईवटा झण्डावाल गाडी हुँदा हुँदै पासवानले जल तथा मौसम विज्ञान विभागअन्तर्गत परियोजनाको बा २ झ ९७९ नम्बरको स्कार्पियो मन्त्रालयमा तानेका छन्। कान्तिपुरमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice