‘अब फेरी पार्टीले गरिखान्छ’ भन्दै फर्किए लोकेन्द्र बिष्ट

काठमाडौं, १४ माघ ।  ‘यो पार्टीले गरि खाँदैन’ भन्दै एकीकृत नेकपा माओवादीको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका रुक्कमेली नेता लोकेन्द्र बहादुर बिष्ट फेरी सक्रिय राजनीतिमा आएका छन् । एकीकृत नेकपा माओवादीको साधरण सदस्य मात्र बस्ने र सक्रिय राजनीति नगर्ने भन्दै केही महिनाअघि बिष्टले राजीनामा बुझाएका थिए ।

पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा अस्वीकृत गरेपछि बिष्ट फेरी सक्रिय राजनीतिमा फर्किएका हुन् । बिगत दुई महिनायता उनी एमाओवादीका सवै भेला र छलफलमा सक्रिय सहभागि हुन थालेका छन् । पार्टी अध्यक्ष दाहालले पनि उनलाई सवै कार्यक्रममा संगै सहभागि गराउन थालेका छन् ।

एमाओवादी नेताहरुको सम्पति छानविन समितिका संयोजन समेत रहेका बिष्टले धेरै नेताहरुलाई कारवाही गर्न सिफारिस गरेका थिए । तर पार्टी अध्यक्ष दाहाल र तत्कालिन उपाध्यक्ष डा. बाबुराम भट्टराईले अकुत सम्पति आर्जन गर्ने नेताहरुलाई कारवाही गर्न रोकेपछि उनी रुष्ट बनेका थिए । बिष्टको कारवाही सुचिमा भट्टराई पत्नी हिसिला यमी पनि थिइन ।

‘पार्टीभित्र नेताहरु नाङगा जोगी नभई सम्पन्न शाली’ भएको ठहर गरेका बिष्ट गैरकानुनीरुपमा सम्पति आर्जन गर्नेलाई कारवाही गर्नु पर्नेमा पक्षमा अहिले पनि उभिएका छन् । पार्टीबाट राजीनामा गरेलगतै काभ्रेको भकुण्डेबेसीमा कृषक बनेका बिष्ट पछिल्लो समय ७ प्रदेशकै कार्यक्रममा सहभागि भएका थिए । एमाओवादीले बुधबारदेखि आफ्नामन्त्रीहरुसँग गरेको छलफलमा पनि बिष्ट सहभागि भएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice