कार्यकर्ताको गितमा पत्नी सीताको हात समातेर प्रचण्ड छमछम नाचे (तस्विरहरु)

काठमाडौं, ८ चैत । होली सुरुभन्दा ठिक एक दिनअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउडा नाच्दै होली खेलेका छन् । पत्नी सीता दाहालको हात समातेर प्रचण्डले आफ्नै निवास लाजिम्पाटमा होली पर्व मनाएका छन् ।

सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरु प्रचण्ड निवास होली खेल्न पुगेका थिए। सुदुरपश्चिमा होली सुरु हुनुभन्दा एक दिनअघि नै अविर लगाएर होली खेल्ने परम्परा छ । सोही परम्परा अनुसार सुदुरपश्चिमका एमाओवादी कार्यकर्ता सोमबार लाजिम्पाट पुगेका थिए ।

आफ्नै निवासमा पुगेका कार्यकर्ताले रङ दलिदिएपछि प्रचण्ड पत्नी सितासहित होली खेल्न सुरु गरेका थिए । प्रचण्डले होली खेल्न सुरु गरेपछि कार्यकर्ताले गित गाउन थालेका थिए । कार्यकर्ताको गितमा प्रचण्ड नाचे ।2 3 prachanda

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice