बेजिङ सम्झौतापछि ओली सरकार ढाल्न भारतीय राजदुत काठमाडौंमा सक्रिय

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा पारवहन सम्झौता गरेलगतै भारतीय राजदुत रंजित राय काठमाडौंमा सक्रिय भएका छन् । नेपालले चीनसँग पारवहन लगाएतका सम्झौता गरेपछि भारतीय राजदुत  राय सरकारविरोधी गतिविधि सुरु गरेका छन् ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा दुई घण्टा गोप्य छलफल गरेका राजदुत रायले बुधबार मधेस केन्द्रीत दलका नेताहरुसँग दुतावासमै ‘ब्रेकफास्ट’ बैठक गरेका छन् । बेजिङमा प्रधानमन्त्री ओलीले १० बुँदे सम्झौता गरेको भोलिपल्ट ९ चैतमा भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनगरी घुमाउरो पारामा नेपालमाथी आफ्नु नै प्रभुत्व भएको दावी गरेको थियो ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पारवहनसहित १० बुँदे सम्झौतामा गरेपछि भारत तर्सिएको छ । वर्तमान सरकार गिराउन र चीनसँग भएका सम्झौता कार्यान्वयन हुन नदिन भारतीय राजदुत राजधानी काठमाडौंमा सक्रिय भएका छन् । उनले ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने तर सरकारभन्दा बाहिर भएका दलहरुसँग अनौपचारिक छलफल गरिरहेका स्रोतले बताएको छ ।

नेपाली कांग्रेसका सभापति देउवासँग उनले चीन सरकारसँग गरेको सम्झौताका बिषयमा छलफल गरेका थिए । उनले चीनसँग भएका सम्झौताले भारतलाई धेरै असर नपार्ने बताएपनि मधेस केन्द्रीत दलका समस्या सामधान गर्न र संविधानको कार्यान्वयन गर्न वर्तमान सरकारबाट संम्भव नभएको दावी समेत गरेको स्रोतले बताएका छ ।

त्यसैगरी प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेकै बेला भारतीय राजदुतले मधेस केन्द्रीत दलका नेताहरुसँग दुई पटक छलफल गरिसकेका छन् । ओली फर्केपछि मधेसमा फेरी आन्दोलन गराउने डिजाइन भारतीय दुतावासमा बन्न थालेको छ । भारतीय राजदुतको सक्रियतालाई सत्तारुढ दल एमाले र एमाओवादीका नेताहरुले सक्रियताका साथ हेरिरहेका छन् ।

One thought on “बेजिङ सम्झौतापछि ओली सरकार ढाल्न भारतीय राजदुत काठमाडौंमा सक्रिय

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice