फोटो खिच्न प्रतिवन्ध लगाएर बेलायती राजकुमार डोकोमा ढंगा बोक्दै

काठमाडौं, १२ चैत । नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन्।
काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्।
राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन्। उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन्।
उनले श्रम गरिरहेको ठाउँमा तस्विर खिच्न र मिडियालाई जान प्रतिवन्ध लगाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice