‘निदाउने र थुम्थुमाउने काम मात्र भयो’

देवेन्द प्रधान, राप्रपा नेपाल पार्टी अन्र्तगतको यातायात विभागका प्रमुख हुन । विद्यार्थी जीवन देखि नै जानी नजानी राजनीतिमा होमिएका उनी सुरुमा  वामपन्थी विचारधाराबाट प्रेरित भएर राजनीतिमा लागेका हुन । जब एमाले पार्टी फुट्यो अर्थात वामदेव गौतमले एमाले पार्टी फुटाए, त्यो समयमा उनी ‘न्युट्रल’ रहे  ६२÷६३ को आन्दोलन पछि धर्मनिरपेक्षता,हिन्दुराष्ट्र लगायतका कुराहरुबाट अभिप्रेरित भइ राप्रपा नेपालमा प्रवेश गरेका हुन । समसमायिक विषयमा उनै प्रधानसँग एस काठमान्डुले गरेको कुराकानीको अंश
कम्यूनिष्ट पृष्ठभूमीबाट आउनुभएको मान्छे तपाई राप्रपा नेपाल पार्टीतिर कसरी लाग्नुभयो ?
सब पार्टीको आफ्नै विचार एजेण्डा हुन्छन,अहिलेको अवस्थामा आफ्नो  सिद्धान्त र विचारमा अडिग पार्टी यही देखियो र राप्रपा नेपालमा लागे ।
यातायात व्यवसाय किन रोज्नुभयो ?  
सुरुका दुई वर्ष अरुको ड्राइभिङ इन्स्च्यिूडमा  काम गरे,त्यही रहदा केही सिके र सिकेको सोही ज्ञानलाई व्यवहारमा उर्तानका लागि ०५२ सालदेखि निरन्तर यही पेशामा आवद्ध छु । सुरुका वर्षमा नेशनल ड्राइभिङ इन्स्च्यिूडको स्थापना गरे,त्यहाँबाट ड्राइभिङ तालिम दिन्थे । तर नेपालको परिवेशमा खटकिएको कुरा चाहिँ, विट्रिसमा ड्राइभर,क्याप्टेन,पाइलट सबैको मान दर्जा समान हुन्छ तर हाम्रोमा एकातिर यो पेशा÷व्यवसायलाई हेर्ने दृष्ट्रिकोण कमजोर छ,अर्काेतिर राज्यको नीति पनि कमजोर देखिन्छ । यो पेशालाई गुणस्तरीय,मर्यादित,व्यवस्थित बनाउछु भनेर नै म यो पेशा÷व्यवसायमा होमिएको हुँ । ७० साल पछाडि, अहिले बनेको ट्रायल,पद्धति विकासलाई हामीले नै सबै विकास गरेर यातायात व्यवस्था विभागमा दर्ता गराएर यो पेशालाई अगाडि वढाउन थाल्यौ । भेइकल प्रि टेस्ट सेन्टर स्थापना ग¥र्यौ । नेपालमा पहलिोपटक यस प्रकारको व्यवसायको सुरुवात हामीले नै गरेका हौ । यस्का अलवा  भेइकल सोलुसन एण्ड रिर्सच सेन्टर भन्ने छुट्टै कम्पनी पनि छ ।
यो पेशामा संग्लग्न रहेको मेरो २० वर्षको अनुभवले भन्छ,अझै पनि गर्ने पर्ने धेरै कुरा छ । नेपाल जस्तो देशका लागि चूनौती धेरै छ ।ड्राइभिङ क्षेत्र पनि  स्कूल,कलेज हस्पिटल जस्तै अनावश्यक भन्ने हुँदैन । १८ वर्ष उमेर पुगेको मान्छे हरेकका लागि आवश्यक छ । परिवारमा एक जनाले सिके पुग्दथ्यो तर अहिले हरेक जनाले जान्नु आवश्यक छ । यो पेशाका भविष्य राम्रो छ मात्र हामीले  चुनौतीलाई व्यवस्थापन गर्नुछ ।
पछिल्लो समयमा सडक दूर्घटना वढ्दै गएको छ,यस्मा ड्राइभिङ इन्स्च्यिूडहरु जिम्बेवार छन भन्ने गरिन्छ नि ?
हे,सिकाउने तरिकामा पनि केही गडवड अवश्य छ, तर कहाँ कहाँबाट रोक्ने ? दूर्घटनामा एक पक्षको मात्र कमजोरी हुदैन । चालक देखि हाम्रो भौगोलिक अवस्था ,लाइन्सेस वितरणका कमिकमजोरी,ट्राफिक व्यवस्थापनमा पनि समस्या छ । सबै तिर समस्या छ ,एउटालाइ मात्र चोर औला देखाएर पन्छिन मिल्दैन ।
पार्टीको यातायात व्यवस्था विभाग प्रमुख हुनुहुन्छ, पार्टीको यातायात क्षेत्रलाई हेर्ने दृष्ट्रिकोण के हो ?
अहिले नीति नियम देखि लिएर समाजलाई परिवर्तन गर्नका लागि के कस्ता कामहरु गर्न सकिन्छ । जस्तो  प्लेन दूर्घटना हुँदा उच्चस्थरीय समिति बन्छ तर सडक यातायता दूर्घटना हुँदा राज्य आफू आएको छ यो निकै दुखद पाटो हो । यो किसिमको पक्षपातपूर्ण व्यवहार देखिन्छ । यातायात नीति अझै पनि बन्न सकेको छैन । अझै सबैभन्दा दुःखद पाटो,सुरुवात समय देखि नै यातायात मन्त्रालय कहिले प्राथमिकतामा पर्न सकेन । कहिले श्रम, निर्माण,भौतिक योजना जस्ता मन्त्रालयको पछाडि लगेर झुण्डाउने काम भयो ।यातायात क्षेत्रलाई प्रथामिकतामा राखिनुपर्दछ भन्ने हाम्रो माग हो ।
राप्रपा नेपाल पार्टी सरकारमा छ । सरकारको काम कारवाहीलाई कसरी हेरिरहनुभएको छ ?  
सरकार गठनको सवालमा हामीले सुरु देखि नै प्रतिपक्षमा बस्न खोजेका हौं तर नेपाली काग्रेस प्रतिपक्षमा बस्ने भए पछि साँचोको रुपमा हामी सरकारमा सामेल भएका हौं । परराष्ट मन्त्रालय अहिले सम्माननीय अध्यक्षज्यूले सम्हालिरहनुभएको छ । उक्त मन्त्रालयलले रफ्तारमा काम गरिरहेकोछ । त्यस्तै स्थानीय विकास मन्त्रालयले  सबै पक्षलाई मिलाएर छिटो भन्दा छिटो स्थानीय निर्वाचन गराउने प्रयास गरिरहेको छ । आगामी दिनमा हाम्रो पार्टीले आवश्यक पर्ने सबै काम गरेको छ । एजेण्डा उठाएर स्थापित गराएरै छाड्छ ।
राप्रपा नेपाल सरकारमा गएसँगै धर्मनिरपेक्षता,हिन्दुराष्टको मुद्धालाई बिर्सियो भन्ने गरिन्छ ?
राप्रपा नेपाल आफ्नो मूल मुद्धाबाट कहिल्यै विचलित छैन । हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकमा यो कुरा जोडका साथ उठ्यो । वर्तमान समयमा यि मुद्धामा पर्ख र हेरको स्थितीमा छौं । पार्टीको एजेण्डा नै सनातन हिन्दु राष्ट्र हो । हिन्दुराष्ट वेगर सभ्भव  छैन ।  उपयुक्त समयमा  संसदमा कुरा उठाउन समय हेरिरहेका छौं ।
पार्टीले केशर बहादुर विष्टलाई कारवाही गरिनु जायज थियो ?
श्रद्धेय नेता केशर बहादुर विष्टलाई म अत्यन्त सम्मान गर्दछु । गणतन्त्रमा  कुनै पनि नेतालाई  पार्टी भित्र आफ्नो  कुरा राख्न छुट छ । तर केन्द्रीय कमिटिको  बैठकमा उहाँको उपस्थिती रहेन । केन्द्रीय कमिटिको बैठकामा उहाँ अनुपस्थिती नरहनुभएका कारण हामीले चाहेर पनि उहाँलाई बचाउन सकेनौं । वैठकमा उहाँ उपस्थिती हुनु भएको भए सायद माहोल फरक हुन्थ्यो कि ? यद्यपि ठूला नेताका बारेमा मैले जवाफ दिनु उचित नहोला ।
तर केन्द्रीय कमिटिको वैठकमा अधिकांश नेता अनुपस्थित रहे नि ?
केन्द्रीय कमिटि अलि ठूलो हुँदा केही प्रतिनीधि अनुपस्थिती रहनुभयो उहाँहरुको आफ्नै कारणले त्यसलाई अन्यथा लिनु हुदैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice