प्रधानमन्त्रीद्धारा सहायकमन्त्री बिराज बिष्टलाई कारवाहीको तयारी, आजै स्पष्टीकरण सोध्ने

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज बिष्टलाई कारवार्ही गर्ने तयारी गरेका छन् । गणतन्त्रको संविधान अनुसार सपथ दिएर मन्त्री बनेका बिष्टले राजसंस्था र राजा माग्दै शनिवार सडकमा झाडु लगाएपछि प्रधानमन्त्री ओलीले कारवाहीको तयारी गरेका हुन् ।

गैरसंबैधानिक कार्य गर्ने सहायकमन्त्री बिष्टलाई संविधान उलंघन गरेको अभियोगमा कारवाही गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । शनिवार शाही युवा शक्तिले गणतन्त्रको फोहर सफा गर्ने भन्दै नारायणहिटी दरवारको गेटमा झाडु लगाएको थियो । सोही कार्यक्रममा पुगेर सहायकमन्त्री बिष्टले राजसंस्थाबिनाको देश कल्पना गर्न नसकिने भाषण दिएका थिए ।

विष्टको गैरसंबैधानिक कार्य थाहा पाए लगतै सत्य तथ्य बुझ्न प्रधानमन्त्री ओलीले सुचना तथा सञ्चारमन्त्री शेरधन राईलाई आग्रह गरेका थिए । सञ्चारमन्त्री राईले तथ्य बुझेपछि कारवाही हुने संकेत पनि गरेका छन् । लगतै प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई टेलिफोन गरी बिष्टका बारेमा सोधेका थिए ।

प्रधानमन्त्री ओलीले आज बिष्टलाई गणतन्त्रबिरोधी अभिब्यक्ति दिनुको कारणसहित स्पष्टीकरण सोध्ने भएका छन् ।

One thought on “प्रधानमन्त्रीद्धारा सहायकमन्त्री बिराज बिष्टलाई कारवाहीको तयारी, आजै स्पष्टीकरण सोध्ने

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice