सरकारी कर्मचारीलाई खुशीको बहार,नयाँ बजेटमा उपहारै उपहार

आगामी आर्थिक वर्षमा वजेटको आकार डेढ खर्बले बढेर दश खर्व पुर्याइनुको पछाडि कुन फ्याक्टरले काम गरेको होला ? सतहमा जस्ले जस्तो विश्लेषण गरे पनि वजेटको ‘भोल्युम’ वढ्नुको पछाडि कर्मचारीको तलव प्रमुख कारण रहेको छ । प्रत्येक २÷२ बर्षको अन्तरालमा तलब भत्ता बृद्धि गर्नुपर्ने ब्यवस्था अनुसार आगामी आर्थिक बर्षको बजेट मार्फत कर्मचारीको तलब भत्ता बृद्धि गर्न लागिएको हो ।
अहिले अर्थमन्त्रालय बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ ।र,तलब बढाउनको लागि कर्मचारी संघ÷संस्थाहरुको तिव्र लविङ अर्थ मन्त्रालयतिर देख्न पाइन्छ ।सोही लबिङ बमोजिम सरकारले निजामति, जंगी, शिक्षक र प्रहरी लगायतका सरकारी कर्मचारीको तलब भत्ता बृद्धि गर्ने गृहकार्य थालेको छ । स्रोतका अनुसार, तलब भत्ता कति प्रतिशत बढाउने भन्ने तय नभएपनि बढाउने विषयमा मोटामोटी सहमति भइसकेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षको बजेटको सिलिङ करिब डेढ खर्ब रुपैयाँले बढाउनुको एउटा कारण कर्मचारीको तलब भत्ता बृद्धि भएको अर्थमन्त्रालयका एक अधिकारी बताँउछन ।
कर्मचारीले भने अहिले खाइपाइ आएको तलबमा कम्तिमा पनि २५ प्रतिशतले बृद्धि गर्नुपर्ने दबाब अर्थमन्त्रीलाई दिएका छन् । कर्मचारीको तलब भत्ता २५ प्रतिशतले बृद्धि गर्दा राज्यकोषमा भने थप करिब ३० अर्ब रुपैयाँको भार पर्ने जाने देखिन्छ । चालु आर्थिक बर्षको बजेटमा सरकारले आफ्ना कर्मचारीको पारिश्रमिक र सुविधा शिर्षकमा १ खर्ब ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसको २५ प्रतिशतले तलब बृद्धि हुदा स्वत ३० अर्ब रुपैयाँ बढ्छ । यस्तै सेवा निवृत्त कर्मचारीले पाउदै आएका पेन्सन समेत जोड्दा यो रकम भने बढी हुन्छ ।यद्यपि बजेट निर्माणमा सक्रिय अर्थमन्त्रालयका अधिकारी भने कर्मचारीको तलब १५ प्रतिशतले बढाउने गरी गृहकार्य गरिरहेका स्रोतले जानकारी दिएको छ ।

62 Comments
  1. aru j sukai vaeni security agency ko talab maan ma vaari briddhi hunaparxa 24 hour duty garne lai 13000 per month dida ali kati namildo vaaxa athawaa uniharuko ration ma briddhi hos

  2. sounds not bad. increase the salary according to performance. eg. number of official decisions done everyday/week.

  3. तलब बढाउ।काम राम्रो लगाउ।भ्रस्टचार गर्नेलाई जेल हाल।अल्छेलाई अवकाश देउ।

  4. एक प्रहरी जवानको 13000+48000 (तराईको जिल्लामा) छ तर उनी भन्दा दुई तह माथि असई सरहको खरिदारको 17000 । विभेद कसलाई

  5. % bhanda pani eutai ratio le bridhi garda ajha ramro, yesle sabai tallo dekhi mathilo level ko karmacharilai rammro hune thiyo.

  6. sabai system ma janu paryo PM dekhi tal piun samma sabai lai kaanun ko bhedbhav rakhnu bhayen, bhastrachar garne j kohi lai pani chhodnu bhayen. aniyamit bata kamaika sabailai khala lai chhadne check garnu paryo. Nepal bikash ko lagi planning garer laijanu paryo bhashan ma simit rakhnu bhayen. karmachari talab badhainu ramro tar kaam niyam anusar ra badmas gari dinu bhayen. thanks.

  7. Increament should be reality based, please calculate simple living cost for family of six members at the rate of present market prices.

  8. सकेसम्म महंगी नियण्त्रण गर्दा राम्रो हुन्थ्यो। सर्ब साधारण जनतालाई पनि राहत हुन्थ्यो। तलब त अरू देशको तुलनामा नेपालमा एकदमै कम छ र सुबिधा पनि कम छ। तर राज्य चलाउन पनि गाह्रो छ। तसर्थ गच्छे हेरेर कम से कम एकमुस्ट सबै तहका कर्मचारीलाई 5,000 रू. बढाउदा समय सुहाउदो हुन्छ। बरू प्रशासन चुस्त बन्नु पर्छ। भ्रष्टलाई बाईपास गर्नु पर्छ

  9. नेपाल सरकारले कर्मचारीको तलव निश्चय नै बढाउनु पर्छ यध्यपी तलव बढाउदा बढाउदै पनी भ्रष्टाचार गर्ने कर्मचारीलाइ कारबाही हुन अति आवश्यक छ । मेरो नेपाल सरकारलाइ आग्रह छ कि कर्मचारीहरुलाइ सकेसम्म कुनै पनि अवस्थामा भ्रष्टाचार नगर्ने खालको वातावरण बनाइदिनुपर्छ । १०० देखी लाखौ करोडौ भ्रष्टाचार हुनुको कारण के त कि तलब कम खएर हो

  10. तलव त बढाउन पर्छ तर % को आधारमा होईन माननिय पुर्व अर्थ मन्त्री बाबुराम भट्टराईले जस्तै गरी २००० या ३००० या ४००० या ५००० यसरी बढाउदा सबैलाई समान हुन्छ % ले बढाएर के गर्नु तलका साना कर्मचारीलाई मर्का नै पर्छ…………………..

  11. ठीक, यो भनाईसॅग म सहमत छु ।किनभने % ले भन्दा पनि समान अङ्कले बृद्धि गर्नु पर्छ ।

  12. Nepal ka karmachari lai talab badhayera kam nimekhalahal garaunu parxha kehi kam garnu gayo bholi aunuhos bhanera gham tapna jane bahira chiya piuna surti padkaudai basne churot piudai basne tatkalai banne kam pani kehi jharxhaki bhandai jhulayera rakhane lai anugaman gari janta ko pida lai bhujhera testalai kam batai barkhasta garnu parxha.

  13. जनशक्ति घटाउने र सेवा सुविधा बढाउने काम राम्रो काम हो ।

  14. तलब बढाउन भन्दा महङगि नियन्त्रण गर्न सके धेरै राम्रो हुन्थ्यो सरकारलाई चेतना भया

  15. Talab bhatta badhaunu ramro kam ho. tara talab badhauda sabai kramachari ko talab eutai ratioma badhaunu parchha. ra mahangi niyantran ra bhrastachar niyantranma sarkarle bises abhiyan chalaunu parchha. natra talab bridi garnuko artha hudaina.

  16. कर्मचारीलाई तबल होइन सुबिधा देउ । सुबिधाहरु खानबस्न को बन्दोबस्त , पढाई खर्च,कर्मचारीको परिवारको स्तरिय निशुल्क शिक्षा, स्वास्थयको ब्यावस्था ,यो भयो भने हल्का महंगी धान्ने गरी पकेट खर्चमात्र दिए हुन्छ । यो ब्यावस्था गर्न सके कर्मचारीले भ्रष्टाचार किन गर्छन ।

  17. तलब बढाउनु पर्ने अनीबारे काम हो तर एस्मा काम गर्ने जो सुकै कर्मचारी लाई कडीका साथ काम मा लगाउने र लापर्बाई भएमा तुरुन्त करबि गर्ने र भरस्त चार मा कुनै सनक हुन साथ जगिर्बता निस्कासन गरिदिने नीति लागु गर्न जरुरि छ .

  18. तलक प्रतिसतले होईन प्रतिसतले बढाउदा साना कर्मचारी सारै मार हुन जान्छ बरु सबैलाई 1500.2000.2500.3000 जती सकिन्छ बढाउनु होला ।

  19. यसरी तलब बढाउदा सबै कर्मचारी खुसी हुने देखिन्छ ।

  20. प्रतिसतमा नबढाई सिधै थपि दिने हो भने सरकार समेतलाई कम भार पर्न जाने र फाईदा समेत हुन जान्छ ।

  21. जुन % छुट्याईयकाे छ त्याे निपक्ष तरिकाले बिभाजन हाेस

  22. sarkar le salary commission banai every 5 year ma salary ma bichar garnu parchha and every year price rise ka adhar ma karmachari lai allowance ko rate increase gardai ganupadachha yasari system bane pachhi kunai problem nai audaina

  23. एकमुस्ट सबै तहका कर्मचारीलाई 5,000 रू. बढाउदा समय सुहाउदो हुन्छ। बरू प्रशासन चुस्त बन्नु पर्छ। भ्रष्टलाई बाईपास गर्नु पर्छ .

  24. Talab badnu ramro kura ho ra sadhai rajya lai yeti bhar parxa bhannu k uchit ho? tyo bhanda badi karmachari ko perfomence le desh lai kati help bho tyo pani ta sochnu parxa hola …..ahile karmachari haru lai subidha haru nikai kam xa basic neeeds haru pura garna ni garo hune talab dida yeuta karmachari le desh banaune dicesion kasari garla…tesaile rajya le belaima sochnu jaruri xa yesto kura haru….pugne talab diyera tei anusar ko kam lagauna sake matra hamro desh ko bikas sammbham xa……

  25. सरकारी कर्मचारी को लाई तलब बढाउने कुरामा किन जुन सुकै सरकार लाई गाह्रो तलब बढाउदा राज्यलाइ भार पर्छ भने सरकारी कर्मचारी लाई आधा घटाउने त्यति पनि पनि राज्य लाई भार परिमा मन्त्री घटाउने त्यतिले पनि भार परेमा सरकारी कर्मचारी नै खारेज गर्ने अनि पुग्छ

  26. %होइन सर बरु 2000″4000″5000 का दरले बाढउनु पर्छ किन भने न्यून स्तरका कर्मचारी लाई पनि राहत हुन्छ

  27. mero bichar ma sarakar le salary badhauda 1 side bat ta ramrai 6 tar arko side bat vane ramro 6ena yadi sarakari karmachari ko talab birdi le samanya vashtachar ta rokin6 hola tar mulya birdi chai roknna sakidaina. Yesle mulya birdi ma thulo asar par6 .and yesko asar lallo barga ka manishharuma par6.

  28. साना कर्मचारी सारै मार हुन जान्छ बरु सबैलाई 2500र3000 जती सकिन्छ बढाउनु होला ।

  29. नेपाल मात्र हो निजामती र सुरक्षा फौजलाई समान तलब दिने !!! अब सबै कर्मचारीलाई भात खुवाउने र एक छाक बराबर ८घन्टा थप काम लगाउने त्यसो गरे कसो होल मुख्य सचिव ज्यु!!!!! सेना प्रहरीले केही नबोल्ने भएकोले यस्तो भएको हो ??????

  30. % भन्दा सबैलाइ एउटै ratio मा तलब वृद्धि गर्‍यो भने राम्रो हुन्छ अहिले सबै कर्मचारिको जति तलब को ग्याप छ तेति नै ग्याप रहन्छ %ले बढायो भने माथिल्लो कर्मचारिको माथी नै पुग्छ तल्लो कर्मचारिको तलै हुन्छ सबैलाई एउटै तलब बढाउने काम भयो भने कर्मचारिको भलो हुने छ ।

  31. तलब बढाउदा एउटै ratio मा बढाउदा सरकार लाई पनि भार कम पर्ने कर्मचारिलाई पनि राम्रो हाम्रा देसका अर्थबिद्दहरुले एक्पटक सोच्नु पर्ने कुरा

  32. Talab badhaunu ramro kura ho tara % le chahi sarkarle kadapi nabadhaos saman tarikale ,2000,3000,4000,5000 baburam vattarai le jasari hunu parxa,kinaki mathillo lavelko dherai nai hunxa tallo laveko thorai hunxa,

  33. I wonder if the Reporter has any idea of inflation. In last 2 years inflation has crossed 20 percent means salary has decreased by 20 percent. Govt may compensate the loss.

  34. तलव बडाउनु भन्दा बजारको मूल्य नियन्त्रण गर्नसकेमा सवै नेपालिलाई राहत हुनेछ।

  35. Talab%ka adharma nabhai sabaila saman tarikare badhauda ramro hunxa.kinvane dhani jhan dhani bandai janxa tara garib jhan garib bandai janxa tesaile yakmusta 4000 ka darle badhauda ati ramro.

  36. परतिशतले नबढाइ तोकेर बढाऊदा रामरो होला

  37. talab ta kamtima pani 50%chai badhaunu parxa kinaki sarkari karmachari vanya xa yeuta family palne haisiyet xaina laja marnu.

  38. %hoina yek musta badhaunu sahi hunxa kinaki sabaile kehi rahat pauxan.kamtima 10,000 badhaunu parxa aileko paristhiti herera.

  39. म पनि एक सरकारी कर्मचारी हुँ । सरकारले २५% ले तलब बढाउदा मेराे छिमेकमा रहेकाे किराना पसलेले मेराे भान्साका नियमित उपभाेग्य बस्तुकाे भाउ ५०% ले बढाउनेछन् । यसर्थ मेराे याे विषयमा सरकारले सरकारी सेवा सुविधा समयानुकूल समायोजन सँगसँगै महङ्गी नियन्त्रणमा ध्यान दिनुपर्याे भन्ने लाग्छ ।

  40. %मा होइन 1500/2000 का दर ले सबै लाई राहत हुन्छ यो नै ठिक छ

  41. कर्मचरीको तलब बृद्धि २३% होईन १००% बृद्धि हुनु पर्छ । कर्मचारीको तलब बृद्धी गर्दा बजेट पुग्दैन । ६०१ जनालाई तबल भत्ता दिदा बजेट जति पनि पुग्छ के हो यस्तो ।

  42. कम से कम एकमुस्ट सबै तहका कर्मचारीलाई 5,000 रू. बढाउदा समय सुहाउदो हुन्छ।

  43. प्रतिशतले भन्दा पनि एक कर्मचारी बराबर 5000 ले वृद्धि गर्दा उपयुक्त हुन्छ। महङ्गी नियन्त्रण गर्न अत्यन्तै जरुरी छ। नियन्त्रण नगरे तलब बढ्नुको कुनै अर्थ छैन। व्यापारी पोसाएर मात्र समस्या समाधान हुदैन । परिवार धान्न मुस्किल छ यहाँ। ऋणको पहिरोले थिचेको थिच्यै छ। कहिले उक्सिनु होला?

  44. 24 hour duty ma rahne nepal police ko pay scale farak hunu patch. Neta ko subidha ma katauti Gare vai halyo ni bina kaam ko. Police ko talab badhaunu parcha.

  45. ताेकुवा हाेलसेलमा 2500 देखी 3000 बढाएमा कसैलार्इ पनि मर्का नपर्ने थियाे

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice