सरकारको लाचारी, मारवाडीहरुद्धारा चिनीमा ‘कालोबजारी’

मारवाडी समुदायले हामीलाई जसरी लुटे÷चुसे पनि नेपालीले निरीह नै रहनुपर्ने हो ? भारतले लगाएको अघोषित नाकाबन्दीका कारण पेट्रोल,ग्यासमा सास्ती खेपिएकै हो । अव, सास्ती खेप्ने पालो चीनिमा हो ? विकसित घटनाक्रमहरुले त्यही देखाउदैछ ।
सरकारको लाचारीपनको कारण हालै मात्र चीनिको मूल्य प्रति केजीमा आठ आठ रुपैंयाले वढेको छ । नाकाबन्दीको समयमा समेत नवढेको चीनिको मूल्य अहिले आएर एक्कासी किन वढिरहेको छ ? तै पनि सबै तै चुप मै चुप छन किन ?यिनै सरकारी अधिकारीहरु होइनन्, उखुको मूल्य ४८१ रुपैंयामा सम्झौता गरेर किसानहरुको ढाड भाच्ने । अनि आफैंले गरेको सम्झौताको मसि सुक्न नपाउदै ४४० रुपैंया भन्दा वढि किसानहरुलाई दिन नमान्ने । अझै पनि ८० प्रतिशत उखु किसानहरुले उखुको मूल्य पाएका छैनन् । किसानमारा सरकारले यिनै मारवाडी समुदायसँग मिलेर कसरी उपभोक्ता ठग्दैछन ? उखुको मूल्य तोक्न सक्ने,पेल्दाको पक्रियाको बारेमा समेत सरकारी अधिकारीहरु अनविज्ञ छैनन अनि चीनिको मूल्य तोक्न चाँहि सरकार किन लाचार बनेको होला ? यस्को एउटै कारण रहेछ,हाम्रा सरकारी अधिकारीहरुलाई मारवाडी समूदायले फनफनी घुमाइरहेको,सरकारी अधिकारीहरु चाहिँ तिनकै चास्नी रसस्वादन गर्नमै प्रफुल्लित रहेको । चीनि उत्पादकहरुको अगुवा छन,शशिकान्त अग्रवाल । यस्मा खेतान,गोल्छा,केडिया समूह पनि जोडिएको छ ।
एकातिर,उखु किसानहरुले तीन वर्ष देखिको भुक्तानी पाउन नसकेको अवस्था । अर्काेतिर तीनै किसानलाई चुसेर जुका झै ढाडिएको स्थिती । गत वर्ष दुई लाख टन उत्पादन भएको उखु यो वर्ष ४० हजार टन घटेर १ लाख ६० हजार टन उत्पादन भएको छ । सिजनमा फ्याक्टी १ सय २८ दिनमात्र खुल्थ्यो,मधेश आन्दोलनका कारण ७० दिन भन्दा वढि खुलेन । यता, बजार मूल्य नपाएको कारण उत्पादन भएको उखु खेतमै सुक्यो । शशिकान्त अग्रवालहरुको समूह भने यही मौका छोपि आफू अनुकुल निर्णय गराउन चारैतिर डण्डा घुमाइरहेका छन । चीनि उत्पादक संघले जता घुमायो सरकार उतै घुम्दैछ । यही मौका छोपी शशिकान्त अग्रवालहरु चिनीको मूल्य उपभोक्ताको ढाड सेक्ने गरी वढाइसकेका छन । यही अनुपातमा मूल्य वढ्दै जाने हो भने चीनिको सबैभन्दा वढि खपत हुने असोज कार्तिकमा चीनिको मूल्य कति पुग्ला ? विगत वर्षहरुमा उक्त समयमा प्रति महिना मात्र २५ हजार टन भन्दा वढि चीनि खपत हुने गरेको तथ्यांक देखिन्छ ।
यता, विगत दुई वर्ष देखि नेपाल सरकारले भारतबाट चीनि आयत गर्न प्रतिवन्ध लगाएको छ । हो, अहिले यही मौका छोपी अग्रवालहरु कालोवजारी गर्दैछन । कालोवजारी पनि कस्तो भने सिमासम्म साइकलमा हालेर पाँच दश किलोको दरले चीनि ओसार्दै टनका टन जम्मा पार्ने खेलमा समेत अग्रवाल समूह लागेको छ । एक गाडि चिनीमा १७ टन अड्छ । हिसाब गर्ने जान्नेहरुले हिसाब किताव खोजे हुन्छ,एक किलोमा आठ रुपैंया वढाँउदा एक टन चीनि खपत गर्दा यीनै मारवाडीहरुले कति रकम विदेश लैजान्छन ? सिमाबाट चीनि ल्याउदा एकातिर राजस्व छल्ने ,अर्काेतिर किसानहरु मार्ने धन्दामा अहिले मारवाडी समूदाय लागेको छ । लुटको अर्काे पाटो,चीनि अनुसन्धान गर्ने नाममा, किसानका लागि भनेर सरकारले दिएको रकम समेत रिफण्ड हुदैन तिनै मारवाडीहरुले पचाउदै आएका छन । ‘कन्जुमर आई’ नामक संस्थाका अध्यक्ष विमला खनाल भन्छिन ‘यस्तै पारा रहने हो भने चीनिको मूल्य दशैसम्ममा मारवाडीहरुले किलोको एक सय पच्चिस सम्म पुर्याउछन । चीनिको आयात मारवाडी समूदायलाई गर्न नदिएर कुनै सार्वजानिक संस्थानबाट गराउनु पर्दछ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice