सिंहदरवार घेर्ने बेलायती ‘गोराहरु’ वुरुक वुरुक

संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै मधेसी, आदिवासी जनजाति सम्बद्ध केही दलहरु सिंहदरबार धक्का दिने कार्यक्रममा उत्रिएका छन । तराईमा भएको आन्दोलनमा भारतले जसरी सहयोग गरेको थियो । उसैगरी सिंहदरवार घेराऊ कार्यक्रममा बेलायतीहरुको सहयोग त छैन ?
सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले पक्राउ गरिसकेको छ  भने सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम मार्टिन पेवर बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको सुबेदीले जनाए । यता, गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जनाएकाछन । ‘आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो ।’
प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउँदै उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने जनाए । आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत  उनले जानकारी दिए । आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice