कस्ले चलायो नीता र आमेशबीच ‘प्यार’को अफबाह ?

नेपाली सिनेमाको गुणस्तर खस्कनुका कारण के होला ?  धेरै कारण मध्य एक हो,निर्माता/ निर्देशकहरु चलचित्र राम्रो बनाउनमा भन्दा त्यही अभिनित नायिका पट्याउनमा व्यस्त रहनु । सिने क्षेत्रमा ‘गसिप’ कसरी बन्छन ? र क्यारियर बनाउदै गरेका नायिकाहरुलाई त्यस्को दीर्घकालसम्म असर कसरी पर्दछ भन्ने यो एउटा उदाहरण मात्र हो ।
दीपकराज गिरी र दीपाश्री निरौलाद्धारा निर्मित ६ एकान ६ को निर्देशन गर्दै गर्दा निर्देशक दिनेश डिसी नीता ढुङ्गनाको ‘चक्कर’मा परे । यही कारण  दिनेश दीपासँग सम्बन्ध विग्रियो । नीतालाई आफ्नो ‘पास’बाट टाढा जान नदिनका लागि फूलैफूलको मौसम तिमीलाई बनाए उनै नीतालाई नायिका बनाएर र नायकको रुपमा आमेश भण्डारीलाई डेव्यु गराए । दिनेशको एकोहोरो ‘प्यार’ थियो नीता प्रति ।  घर परिवार भाडिएला भन्ने डरले आवाजका दुनिँयाका साथीले हल्ला फिजाए ‘नीता र आमेश भण्डारी प्यारमा छन ।’
सबैको ध्यान त्यतै मोडियो । अहिले सिने बजार हल्ला चल्न थालेको छ, यो जोडीको प्रेममा खटपटी आयो । हुँदै नभएको ‘प्यार’मा कसरी खटपटि आँउछ ? उनै आवाजका दुनिँयाका साथी जानुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice