
काठमाडौं । नयाँ शक्ति नेपालको आज बसेको केन्द्रिय सचिवालयको बैठकले तीन जना सह—संयोजक तोकेको छ ।
तराई—मधेशबाट रामचन्द्र झा, आदिवासी—जनजातिबाट महेश कर्मोचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह—संयोजकको जिम्मेवारी दिएको प्रवक्त खिमलाल देवकोटाले जानकारी दिए ।
केन्द्रीय सचिवालयको बैठकमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले केहि समय अगाडि देखि सह—संयोजकहरुको प्रस्ताव प्रस्तुत गरेका थिए ।