भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल विरुद्ध उच्च अदालतमा मुद्धा

नयाँदिल्ली भारतीय जनता पार्टीका नेता एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दलले प्रयोग गर्दै आएको चुनाव चिन्ह ‘कमल’को फूललाई लिएर बाम्बे हाई कोर्टमा जनहित याचिका दायर भएको छ ।

याचिकामा बीजेपीको चुनाव चिन्ह कमलको फूल फिर्ता लिन माग गरिएको छ । याचिका दिएका व्यक्तिले अदालतसँग आफ्नो अपीलमा भनेका छन् कि चुनाव आयोगलाई कमलको फूल फिर्ता लिनका लागि निर्देशन दिइयोस ।

याचिकाले तर्क दिँदै भनेका छन् कमलको फूल भारतको राष्ट्रिय फूल भएकाले कुनै राजनीतिक दलले आफ्नो हितका लागि चुनाव चिन्हका रुपमा प्रयोग गर्न पाउँदैन । बीजेपीले चुनावी लाभको लागि कमलको फूल प्रयोग गरेको यचिकाकर्ता व्यक्तिले दाबी गरेका छन् ।

याचिका दायर गर्ने व्यक्ति हेमन्त पाटिलले भनेका छन्, ‘कमल एक पवित्र फूल हो । जसमा पौराणिक कथाका साथै महत्‍वपूर्ण स्‍थान प्राप्‍त छ । यो भारतीय संस्‍कृतिको शुभ चिन्‍ह हो । कमल देवी लक्ष्‍मीको पुष्‍प हो । धन, समृद्धि र उर्वरताको प्रतीक पनि हो ।’ याचिकामा अर्को हप्ता सुनवाई हुन सक्छ ।

हेमन्त पाटिलले कमलको फूल चनाव चिन्ह फिर्ता लिन चुनाव आयोगसँग आग्रह गरेका थिए । चुनाव आयोगले पाटिलको आग्रहलाई नसनेपछि उनीले बाम्बेस्थित उच्च न्यायालयमा याचिका दायर गरेका हुन् । – एजेन्सीको सहयोगमा 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice