देउवालाई दवाव दिन खुमबहादुरले खटाए चार नेता, कराँते कार्यालयमा २ सयको भेला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र हिन्दुराष्टका पक्षमा दवाव अभियान सञ्चालन गर्ने दुई एजेण्डातय गरेका छन् । शनिवार देउवाले आफु निकटका करिव २ सय नेता कार्यकर्ताको भेला ललितपुरमा गरे । पार्टी सभपाति देउवाले महाधिबेशनका बेला आफुसँग सहमति नगरेको भन्दै उनलाई दवाव दिन खड्काले समुह नै निर्माण गरेका छन् । मैले सभापतिलाई तीन पटक भेटेर पदाधिकारी मनोनय गर्ने आग्रह गरेँ, खड्काले लगनखेलस्थित कराँतेको कार्यालयमा नेता कार्यकर्तासँग भने उहाँले भात्रृ निकायको अधिबेशनपछि मनोनयन गर्ने भन्दै टार्दै आउनु भएको छ ।  महाधिबेनका बेला खड्कालाई उपसभापति दिने देउवाले बचन दिएको पनि खड्काले बताए । खड्काले देउवासँग अन्तिम चरणमा वार्ता र दवाव दिन एउटा समुह नै निर्माण गरेका छन् । नेता देवेन्द्रराज कँडेलको नेतृत्वमा उनले दवाव समिति निर्माण गरेको स्रोतले बताएको छ । भेलामा हिन्दु राष्टका बिषयमा पनि छलफल भएको थियो । छलफलले हिन्दु राष्टका पक्षमा पनि तत्काल अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । दुई घन्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय नेता कार्यकर्ताको सहभागिता थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice