माओवादीका ८ मन्त्रीले बुझाए सामुहिक राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा गएका मन्त्रीहरुले आज सामुहिक राजीनामा बुझाएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट ८ मन्त्री सहभागि थिए । सवै मन्त्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामुहिक राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
सरकारबाट मंगलबार नेकपा माओवादीले बाहिरिने निर्णय गरेको थियो । पार्टीेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बस्न नमिल्ने जनाउँदै उनीहरुले राजीनामा दिएका छन् । माओवादी मन्त्रीहरुको सामुहिक राजीनामा लिएर टोपबहादुर रायमाझी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सवै मन्त्रीको राजीनामा उनले नै बुझाएका छन् ।
तर माओवादी निर्णयप्रति माओवादीकै मन्त्रीहरु भने असन्तुष्ट छन् । असन्तुष्ट हुँदा हुँदै पनि उनीहरुले राजीनामा बुझाएका छन् । ‘के गर्नु हामी बाध्यतामा परयौ’ भन्दै रायमाझीले राजीनामा बुझाए । राजीनामा पत्र बुझाएपछि प्रधानमन्त्रीलाई पनि राजीनामा दिन उनले आग्रह गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice