पहिलो भ्रमण चीनबाट थाल्ने प्रचण्डले दिए चिनियाँ राजदूतलाई आश्वासन

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नु अघि नै आफ्नो पहिलो भ्रमण चीनबाट थाल्ने आश्वासन चिनियाँ राजदुतलाई दिएका छन् ।
चिनियाँ राजदूत वु चुन्ताई र दाहालबीच शुक्रबार भेटवार्ता भएको थियो । भेटमा माओवादी अध्यक्ष दाहालले आफु प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाट थाल्ने बताएका छन् । यसभन्दा अघिका कुनै पनि प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाट गरेपनि आफुले चीनबाट गर्ने बताए । म यो भन्दा पहिले प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीन नै पुगेको थिएँ, तर त्यो औपचारिक भ्रमण थिएन, यसपटक पहिलो औपचारिक भ्रमण चीनबाटै गर्छु राजदूतलाई दाहालले भने ।
दाहाल २०६५ सालमा प्रधानमन्त्री हुँदा भारतभन्दा पहिले चीन पुगेका थिए । तर उनी नेपालको प्रधानमन्त्रीका हैसियतले चीन भ्रमण गरेका थिएनन् । चीनबाट फर्किदै गर्दा उनले अन्तराष्टिय विमानस्थलमा आफ्नो पहिलो भ्रमण भारतबाटै हुने बताएका पनि थिए । उनलको यो भनाई माओवादी पार्टीभित्र विवादको बिषय बनेको थियो ।
शुक्रबार चिनियाँ राजदूतसँग दाहाललले पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल–चीन सम्बन्धका बिषयमा पनि चर्चा गरेका थिए । ओलीजीले राजीनामा दिएपछि भारतीय मिडियाले प्रोपोगान्डा गरेँ, त्यसमा सत्यता छैन, राजदूत चुन्ताईसँग भने ओलीजीले जति काम गर्नु भयो त्यो भन्दा राम्रो काम मेरो कार्यकालमा हुनेछ, म तपाईलाई यो विश्वास दिलाउन चाहान्छु ।
ओली सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने र थप कार्य गर्ने योजना पनि सुनाए । प्रचण्डले भनाईमा चिनिया राजदूतले नेपालको विकासका निम्ति चिनियाँ सरकारको पूर्ण साथ, सहयोग र समर्थन गर्ने बताएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice