प्रधानमन्त्रीको उम्मेद्धारी भोली, निर्वाचन १९ साउनमा

काठमाडौं । नयाँ प्रधानमन्त्रीको निर्वाचन आगमी साउन १९ गते हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनको आह्वान गरेलगतै बसेको ब्यवस्थापिका संसदको बैठकले २९ साउनमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री पदका लागि मंगलबार उम्मेद्धारी दिने र १९ गते बुधवार निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
ब्यवस्थापिका संसदमा बैठकमा १९ साउन विहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन गर्ने मिति सभामुख ओनसरी घर्तीले सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्रीका लागि कांग्रेस माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्धारी दिने भएका छन् भने एमालेले उम्मेद्धारीको तयारी गरेपनि नाम सार्वजनिक गरेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice