खुकुरी प्रहार गरी दाजुको हत्या

उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ ।

वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताएका छा् । दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice