नेपालमै राष्ट्रपतिको भन्दा पनि बढी तलव खाने यि को रहेछन ?

मुलुकको कार्यकारी पदमा बस्ने भन्दा बैंकको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृतले धेरै तलब लिने गरेका छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर वास्तविकता त्यस्तै छ । पद, शक्ति, सम्मानका हिसाबले राजनीतिक व्यक्तिलाई तलबसँग तुलना गर्दा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रीभन्दा धेरै तलब खानेमा वाणिज्य बैंकका सीइओ पर्दछन् ।

तपाईलाई आश्चर्य लाग्न सक्छ । राष्ट्रपतिको भन्दा धेरै गुणा तलब खान्छन बैंकका सीइओहरु ।राष्ट्रपतिको तलब मासिक एकलाख ५० हजार ४ सय ५० रुपैयाँ छ त्यसो भए बैंकरहरुको तलब कति होला ? मासिक ५० हजार ? एक लाख ? दुइलाख वा ५ लाख रुपैयाँ ? यो अनुमान गलत हुन्छ ।

एक बैंकर भन्छन् जसको तलब मासिक साढे १६ लाख रुपैया छ । यो तलब एनआइसी एसियाका सिइओको हो । नेपाल राष्ट्र बैंकमा वाणिज्य बैंकले बुझाएको कर्मचारीको तलब र सीइओको वार्षिक तलब विवरण अनुसार वार्षिक एक करोड भन्दा बढी तलब खाने सीइओ १० भन्दा बढी रहेका छन् ।

तलब बाहेक बैंकरहरुले बैठक भत्ता, गाडी, आवाससहित अन्य विभिन्न सुविधासमेत पाउने गरेका छन् । बैंकका उच्च कमचारीको तलब धेरै भए पनि तल्लो तहका कर्मचारीको तलबमा श्रम शोषणसमेत गर्ने गरेको बैंकका कर्मचारी बताउंछन् ।

पछिल्लो समय बैंक आकर्षक जागिरको गन्तब्य बन्दै गएको छ । निजी क्षेत्रको भरपर्दो करिअर बनाउने थलो बैंकलाई बनाउने गरेका छन् । सबै भन्दा बढी तलब हिमालय बैंकले ९० करोड ८३ लाख, नविल बैंकले ७७ करोड ३५ लाख रकम विनियोजन गरेका छन् । वाणिज्य बैंकहरुले वार्षिक करिब १९ अर्ब ८३ करोड रुपैया कर्मचारीलाई खर्च गर्ने गरेको छ ।

साप्ताहिक

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice