कृषि बिकास बैंकले सोमबारबाट सेयरधनी दर्ता किताब बन्द गर्दै

काठमाडौं । कृषि बिकास बैंकले भोली (सोमबार)बाट सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । साथै, बैंकले आज आइतबार सम्म  ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि सेयर किन्ने अन्तिम दिन तोकेको छ ।

आज सम्म सेयर किन्नेले हकप्रदमा दावी गर्न पाउँने भएका छन् । बैंकले आज उप्रान्त सेयर खरिद गर्नेले हकप्रदमा दावी गर्न नपाउँने सूचित गरेको छ । तर, बैंकले हकप्रद बिक्री गर्ने मिति भने तोकिसकेको छैन ।

कृषि विकास बैंकले गत आर्थिक बर्षमा सम्पूर्ण शेयरधनीहरुलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो । बैंकले ३ अर्व ४२ करोड ४० लाख चुक्तापूँजी पु¥याए सँगै सेयरधनीहरुलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

हाल कृषि विकास बंैकले ३ अर्व ९३ करोड ७६ लाख चुक्तापूँजी पु¥याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ । कृषि विकास बैंकको पूँजी कोष १२.८४ प्रतिशत रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice