भारतीय राष्ट्रपति मुखर्जीको कात्तिक १७ बाट नेपाल भ्रमण

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आगामी कात्तिक १७ बाट नेपालको भ्रमण गर्ने भएका छन् ।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति मुखर्जीले कात्तिक १९ गतेसम्म तीन दिने नेपालको भ्रमण गर्न लागेका हुन् ।

भदौ ३० गते प्रधानमन्त्री प्रचण्डले भारतको राजकिय भ्रमण लगत्तै राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण हुने बताइएको थियो । त्यसअघि,ओली सरकार रहँदा नै राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमण आउँने टुंगो लागेको थियो तर हुन सकेन ।

स्रोतले दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायलले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको तयारी गरेको बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice