प्रधानमन्त्री प्रचण्डलाई नरुन केपी ओलीको आग्रह

‘जहिले रिसाउनी निर जहिले रिसाउनी कहिले होला मायासँग माया विसाउनी’ ……………अगाडि पछाडि सुरक्षा सेनाका साथ देउसी खेल्न प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन । देउसी खेल्न घरबेटीको आँगनमा पुगिसकिएको छ । दुवै जनाको सुरक्षाका लागि अगाडि पछाडि सुरक्षा सेना तल्लीन छन् । केहीबेरमै, घरबेटी बा नाङलोमा सेलरोटीका साथ दक्षिणा लिएर आइपुगिसकेका छन् । आषिक प्रदान गर्न भने बाँकी छ ।

कार्यक्रम उद्घोषकले, अध्यक्षद्वय दुवैलाई लाइनमा तयारीकासाथ बसेर देउसी भटट्याउन आग्रह गर्छन् । त्यससँगै,उद्घोषकले माइक राख्छन् । प्रधानमन्त्री एवंम अध्यक्ष प्रचण्ड मुसुमुसु हाँस्दै दक्षिणतिरको लाइनमा बस्छन् । एमाले अध्यक्ष ओली उत्तरी लाइनमा बस्छन् । कार्यक्रममा देउसी भैंलो हेर्न जाने दर्शक सवैले जोडदारका साथ ताली बजाउँछन् ।  अनि देउसी भटट्याउने कार्यक्रम सुरु हुन्छ ।

नेपाली उखानमा लेडिज फस्र्ट छ । प्रधानमन्त्री प्रचण्डले पहिला तपाई नैं देउसी भटट्याउनुस न अनि म भनौंला भने । आग्रह स्वीकार्दै ओलीले देउसी भटट्याउन थाल्छन् ।

ओली : हे ! मुखर्जी आउलान् आँगनै, खोला नाला माग न ।
भैंसी व्यायो, गाईं थारो,राम्ररी बान्नु थौलो ।

प्रचण्ड :उत्तरतिर फर्केर,दक्षिण तिर झर्केर
दुःख पाइस मङगले, निश्चित रुपमा आफ्नै ढङगले ।

ओली : छानामाथि घिरौंला, कति टिक्छौं हेरौंला ।
हे ! देउवाजीको दया भया, नत्र काशी गया ।

प्रचण्ड : जसले दिन्छ पाथी तीनै मेरा साथी ।
कुकुर भुकिरहन्छ लम्किरहन्छ निश्चित रुपमा हात्ती

ओली :एउटाले अर्कालाई बोक्यो कुर्सिको मिति तोक्यो ।
कुरा बुझिन मैले चुनाव गर्छाै कहिले ?

पतिहरुको देउसी भैलो कार्यक्रम हेर्न पुगेका दुवै पत्नीहरु(सक्कली) पेट मिचिमिचि हाँसिरहेका थिए । दर्शकहरुको पनि हालत उस्तै भयो । उनीहरु पेट मिच्दैं देखिन्थे । अन्त्यमा प्रचण्डले देउसी भटट्याउन नसकेपछि हाँस्दै हुँउ, हुँउ…. भन्दै जवाफ फर्काउछन् । त्यसपछि अध्यक्ष ओलीले नरुन आग्रह गर्दै दुवैजना घरबेटीको आँगनमा ‘झम्के फूली नाँकैमा बुलकी यसपालित घरबारै होलाकी’बोलको गीतमा कम्मर मर्काउदै नाच्छन् । घरबेटी बाले आशिर्वाद दिएसँगै देउसी भैंली टोलीले आफ्नो कार्यक्रम विसर्जन गर्छ ।

आइतबार यस्तै दृश्य फेला पर्यो नेपाल प्रज्ञा प्रतिष्ठान हलमा । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री लगायतका विभिन्न पार्टीका शिर्ष नेताहरुका अगाडि मञ्चमा  सिस्नुपानी नेपालले यस्तै व्यंग्यवाण प्रहार गरिरे । नक्कली पात्र बनि हाँस्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई घरी पेट मिचिमिचि हसाए त कहिले गम्भीर पनि देखिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नूहोसः

https://www.youtube.com/watch?v=Baju3nErVWw&feature=youtu.be

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice