४५ सय सुरक्षकर्मीको लावालस्करसहित जनकपुरमा राष्ट्रपति मुखर्जीको भव्य स्वागत

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा धुमधामका साथ स्वागत गरिएको छ ।
बुद्ध एयरको विमानमा बिहान १०ः२० मा जनकपुर आइपुगेका हुन् ।

मुखर्जीले जनकपुरको हवाई बाटो नभएर हिमाली भेगको दृश्यावलोकन गर्दै जनकपुर आएका हुन् । हाल उनी जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगिसकेका छन् ।

राष्ट्रपति मुखर्जी जनकपुरमा आउनेभएपछि स्थानीयबासीहरु पनि उनलाई हेर्न बिहानैदेखि उत्साहित बनेका थिए । तर विहानैदेखि सर्वसाधारणलाई बाहिर निस्कन दिइएको छैन। जनकपुरमा अहिले ४५ सय सुरक्षाकर्मी परिचालित गरिएको छ । राष्ट्रपति मुखर्जी जनकपुरको कार्यक्रम सकेर १ बजेपछि पोखरा जाने छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice