
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख निलम्बित आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै सडकदेखि सदनसम्म विभिन्न दृश्यहरु देखा पर्दै आएका छन् । कोही पक्षमा त कोही विपक्षमा । आज सोमबार यस्तै दृश्य देखापर्यो, संविधानसभा भवन अगाडि नयाँ बानेश्वरमा ।
कार्की महाभियोगमाथि संसदमा छलफल गर्ने काम जारी रहदै गर्दा सोमबार बानेश्वरमा कार्कीको बचाउ गर्दैै आन्दोलनकर्मीहरु प्रदर्शनमा उत्रिएका छन् ।
‘भ्रष्टारविरुद्धको अभियान सफल पारौ, लोकमान जनता तिम्रो साथमा’ छ भन्ने नाराका साथ प्रर्दशनी गरेका हुन ।
सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरु आफू भ्रष्टाचारको सिकार हुन लागेको डरले उनीहरुले लोकमानमाथि महाभियोग दर्ता गरेको आरोप लगाउँदै आन्दोलनका अगुवा बालकृष्ण न्यौपानेले बताएका छन् । उनी पूर्व राप्रपा नेपालका कार्यकर्ता तथा पूरानो शक्ति नेपाल नामक संस्थामा आवद्ध छन ।
सत्तारुढ दल माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेलका १५७ जना नेताहरुले कार्तिक ३ गते कार्कीमाथि महाभियोग दर्ता गते गरेका थिए ।