रामशरण महतले मारेकालाई नबिन्द्रराज जोशीले व्युताउने,को महान ?

नेपाली कांग्रेस नेता डा रामशरण महत अर्थमन्त्री भएको समयमा काँग्रेस कै नेतृत्वमा २९ वटा सरकारी संस्थान कौडीका भाउमा बेचिए । नीजिकरणका नाममा ।
अहिले सोही पार्टीका उद्योग मन्त्री नविन्द्रराज जोशी तिनै बन्द अवस्थामा रहेका सरकारी उद्योग र संस्थानहरु व्यूताउन निकै क्रियाशिल छन । कतै यिनको चुरीफुरी पनि गगन थापाकै जस्तो सस्तो लोकप्रियतामात्र त होइन ? कर्मचारीहरु नै प्रश्न गर्न थालेका छन ।
नेपाल औषधि उद्योग, हेटौडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर उद्योग लगायत बन्द अवस्थामा रहेका उद्योग राज्यको लगानीमा चलाउने भनेर लागी मन्त्री जोशी लागि परेका छन ।
तर,सार्वजनिक संस्थान सञ्चालन गर्ने तालुक मन्त्रालयहरुले आ–आफै मुरली बजाइ रहेका छन् ।
र, यस्ता प्रतिष्ठानले दिनप्रतिदिन राज्यको दायित्व बढाउँदै लगेको छन् । जनतालाई लक्षित सेवा पनि दिन नसक्ने र राज्यको दायित्व मात्र बढाउने यस्ता संस्थान तत्काल खारेज गर्नु बताउँछन् सरकारी संस्थानहरु सुधारका बारेमा विभिन्न जिम्मेवारीमा लिएर काम गरिसकेका पूर्व सचिव विमल वाग्ले ।
२०४७ सालसम्म देशभरी ६६ वटा यस्ता प्रतिष्ठान थिए । हाल यो संख्या घटेर ३७ वटामा खुम्चिएको छ । यो बीचमा २९ वटा संस्थान निजीकरण भए ।
उचित मानव संशाधन तथा व्यवस्थापन नीतिबिना नै व्यापक कर्मचारीहरू भर्ती गरिएका कारण ती कर्मचारीको नियमित तलब भत्ताबाहेक सेवानिवृत्त भएपछि उपदान, औषधि उपचार, बीमा, बिदाको रकमजस्ता विभिन्न शीर्षकमा दिनुपर्ने सेवा सुविधाले सरकारको दायित्व बढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदनहरुको निष्कर्ष छ ।
आफ्नो सञ्चालन खर्चसमेत धान्न नसकेका कारण सरकारमाथि संस्थानहरूले वर्षेनी साढे ३ अर्बसम्मको व्ययभार थपिदै आएका छ । अहिले ३७ संस्थानहरूमा कुल कर्मचारी संख्या २६ हजार ८९ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice