एमालेले प्रधानमन्त्री प्रचण्डलाई रुवाउँदै,हसाउँदै

अहिले आएर प्रतिपक्षी दल एमाले नानथरीको कुरा थालनी गरेको छ ।  विपक्षी एमालेलाई मेरो प्रश्न – यो राष्ट्रलाई एकतावद्ध गर्न नचाहेको हो ? संविधान कार्यान्वयन भन्ने तर वातावरण चाँहि विगारेर भताभुंग पार्न खोजेको हो त ? आफैंले स्वीकार गरेको कुरालाई औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?

अहिले गर्न खोजिएको संशोधन उहाँहरुले पहिला मानेको कुराभन्दा बाहिर छैन । अझ प्रतिपक्षका प्रमुख नेताले त पानैपिच्छे हस्ताक्षर गरेको भन्दा बाहिर छैनौं ।

म अहिले पनि एमाले नेतृत्वसँग सम्वादमा रहेर सहमति जुट्छ भन्नेमा आशावादी छु । यदि साँच्चै नै संविधान संशोधन हुन पनि नदिने, राष्ट्रलाई एकतावद्ध हुन पनि नदिने र चुनाव पनि हुन नदिने किसिमको परिस्थिति बन्यो भने, ‘म आफ्नो जे एजेण्डा हो, त्यसमा जान्छु ।

त्यो १० प्रदेशको एजेण्डा के हो ? मधेस, आदिवासी जनतजाति, थारु र सबै मजदुर किसान, पहाड, हिमाल तराई सबैलाई जोड्नका निम्ति हाम्रो एजेण्डा जे छ, त्यही एजेण्डामा संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ । त्यस्तो गर्न परोस् भन्ने चाहना मेरो छैन, सबैको सहमति र समझदारीले होस् भन्नेतिर नै मेरो जोड छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice